काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले टीकापुर प्रकरणमा दोषी ठहर भई जेलजीवन बिताइरहेका रेशम चौधरीलाई माफी दिने फाइल फिर्ता पठाएका छन् ।
रेशम चौधरीको मुद्दासम्बन्धी सर्वोच्चको फैसला, सर्वोच्च अदालतद्वारा प्रतिपादित सिद्धान्त विपरीत नहुने गरी कानुन बमोजिम गर्न भन्दै राष्ट्रपति कार्यालयले गृह मन्त्रालयमा फाइल फिर्ता गरेको हो ।
सरकारले चौधरीलाई माफी दिन सिफारिस मंगलबार राष्ट्रपति समक्ष सिफारिस गरेको थियो । यो विषमा सोही दिन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रपति पौडेलसँग छलफलसमेत गरेका थिए ।
७ भदौं २०७२ मा टिकापुरमा भड्किएको हिंसामा आठ प्रहरी अधिकारी र एक नाबालकको ज्यान गएको थियो । थरुहट आन्दोलनको नेतृत्व गरेका चौधरीलाई जिल्ला, उच्च र सर्बोच्च अदालतले मुख्य दोषी ठहर गर्दै जन्मकैदको सजाय दिएको छ ।