काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मन्त्रिपरिषद्को आकस्मिक बैठक डाकेका छन् । बैठक ४ बजे सिहदरवारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बस्न लागेको हो ।
आजको बैठक प्रधानमन्त्रीको भारत भ्रमण र कैद मिनाहा सम्बन्धी निर्णय हुँदैछ ।
नियमित बैठक मङ्गलवार बस्ने भएपनि गणतन्त्र दिवसमा दिइने छुट र प्रधानमन्त्रीको भ्रमणबारे निर्णय गर्नु पर्ने भएकोले आजै बोलाइएको बताइएको छ ।