पशुपतिनाथको जलहरीको विषयलाई लिएर एमालेले गर्‍याे संसद बैठक अवरुद्द

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले पशुपतिनाथको मन्दिरको गर्भगृहमा राखिएको जलहरी सुनको हो वा पित्तलको हो भन्ने बारेमा सरकारको जवाफ माग गर्दै संसद बैठक अवरुद्ध गरेको छ ।

शुक्रबार साढे १२ बजे बसेको प्रतिनिधिसभा बैठकको सूरुमै एमाले सांसदहरु आसनबाट उठेका थिए । सभामुखले प्रमुख पदम गिरीलाई बोल्न समय दिएपछि उनले जेठ १० गतेको बैठकमा सत्ता पक्षकै सांसद लेखनाथ दाहालले केपी शर्मा ओली प्रधानमन्त्री हुँदा पशुपतिनाथको मन्दिरमा सुनको जलहरी लगाउने काममा भष्ट्राचार गरेको आरोप लगाएको बताए ।

सांसद दाहालले त्यहाँ सुन भनेर पित्तल लगाएको भनेर बिना तथ्यको अरोप लगाएको गिरीले बताए । उनले बिना प्रमाण बिना तथ्य आरोप लगाउने कामको एमालेले निन्दा र भत्सना गर्ने बताए ।

उनले पशुपतिको जलहरीमा लगाएको सुन हो कि पित्तल हो सरकारले संसदलाई जवाफ दिनुपर्ने बताए । सो को जवाफ नपदउञ्जेलसम्म सदन अगाडि बढाउन नदिने चेतावनी दिए । उनले दाहालले भनेको कुरा संसदको रेकर्डबाट हटाउन पनि उनले आग्रह गरे । एमाले अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री हुँदा नै पशुपतिमा सुनको जलहरी राख्ने निर्णय भएको थियो ।

348356980 3337107409873365 8823133914757372553 n https://newskhari.com/storage/2023/05/348356507_1348805965679928_8680576395127739317_n.jpg

 

348356815 6689123961120082 4962759468202064653 n https://newskhari.com/storage/2023/05/348356507_1348805965679928_8680576395127739317_n.jpg

 

348356373 147275878259802 4665022522601361676 n https://newskhari.com/storage/2023/05/348356507_1348805965679928_8680576395127739317_n.jpg

यो समाचार पढेर कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

आफ्नो ईमेल हालेर न्युज खरीको सदस्यता लिनुहोला।

ताजा अपडेट

ट्रेन्डिङ

©2022 News Khari सर्वाधिकार सुरक्षित Site By : Shikhar Host

छुटाउनै नहुने

खोज्नुहोस

सम्पादक:

बिमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित

कम्पनी दर्ता नं : २९४४७३/०७९/०८०

सम्पादक:

विमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com newskhari@gmail.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित