डडेलधुरामा पनि भागे शिवशिखरका सञ्चालक र कर्मचारी, बचतकर्ताद्वारा प्रशासनमा उजुरी

डडेलधुरा । शिवशिखर बहुउद्देश्यीय सहकारी संस्थाले ग्राहकको रकम फिर्ता गर्न नसकेपछि जिल्ला प्रहरी कार्यालयमा ठगी मुद्दामा उजुरी परेको छ । प्रहरी कार्यालयमा उजुरी दिन बचतकर्ताको भिड लागेको थियो ।

सो सहकारीले डडेलधुरामा मात्रै ४१ करोड रुपियाँभन्दा बढी रकम निक्षेप सङ्कलन गरेको पाइएको छ । सहकारीले रकम फिर्ता गर्न नसकेपछि कार्यालय बन्द गरी सञ्चालक र कर्मचारी फरार भएका छन् । दुई हजारभन्दा बढी पीडितले उजुरी दर्ता गरेको जिल्ला प्रहरी कार्यालय प्रमुख प्रहरी नायब उपरीक्षक मनोहरप्रसाद भट्टले जानकारी दिए ।

पीडितको उजुरीका आधारमा साढे सात करोड रुपियाँ सहकारीमा जम्मा गरिएको प्रमाण उपलब्ध भएको छ । शुक्रबारदेखि पीडितको उजुरी लिन सुरु गरिएकाले पीडितको सङ्ख्या बढ्दै जाने उनले बताए ।

सो सहकारीका बचतकर्ता तथा ग्राहक डडेलधुरा जिल्ला बाहिर डोटी, कैलाली र भारतमा समेत रहेकाले दुई सातासम्मै उजुरी आउन सक्ने भनाइ उनको छ । सहकारीका सम्बन्धमा अनुसन्धान सुरु भइसकेको छ, उनले भने, “थप अनुसन्धान नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोबाट समेत हुने छ ।”

सो सहकारीको डडेलधुरामा करिब छ हजार ग्राहक रहेका छन् । यस सहकारीले देशभरि १४ अर्ब रुपियाँ निक्षेप सङ्कलन गरी बन्द भएको प्रहरीको प्रारम्भिक अनुसन्धानले देखाएको छ । ग्राहकको सावाँ र ब्याजबापतको रकम फिर्ता गर्न नसकेपछि सहकारी बन्द भएको हो ।

यो समाचार पढेर कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

आफ्नो ईमेल हालेर न्युज खरीको सदस्यता लिनुहोला।

ताजा अपडेट

ट्रेन्डिङ

©2022 News Khari सर्वाधिकार सुरक्षित Site By : Shikhar Host

छुटाउनै नहुने

खोज्नुहोस

सम्पादक:

बिमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित

कम्पनी दर्ता नं : २९४४७३/०७९/०८०

सम्पादक:

विमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com newskhari@gmail.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित