३५ किलो चाँदीसहित तीन जना पक्राउ

विराटनगर । सुन चाँदीका गहना चोरीमा संलग्न गिरोहका तीन जनालाई प्रहरीले पक्राउ गरेर सार्वजनिक गरेको छ।

विराटनगर क्षेत्रमा श्रृंखलाबद्ध रुपमा चोरी कार्यमा संलग्न उनीहरुको साथबाट प्रहरीले ३५ किलो चाँदी र ८ ग्राम सुनसमेत बरामद गरेको छ। पक्राउ पर्नेमा मोरङको विराटनगर महानगरपालिका–१२ वस्ने वर्ष २१ को राज कुमार कामत, वर्ष १९ को विवेक कामत र वर्ष २२ को श्रीकान्त दास रहेका छन्।

उनीहरुको साथबाट ३५ केजी चाँदी, ८ ग्राम सुन, भारू २ हजार पाँच सय, नेरू १ हजार ७३०र मोबाइल २ थान बरामद भएको छ।

प्रकाउ परेका व्यक्तिहरु मध्ये विवेक कामत चोरी मुद्दामा २०७९ साउन २२ गते देखि ९ महिनाको सजाय भुक्तान गरेर मिति गत वैशाख २८ गते छुटेका थिए भने श्रीकान्त दास समेत डाँका चोरी मुद्दामा २०७७ पुस २९ गतेदेखि करिब २० महिनाको सजाय भुक्तान गरेर २०७९ असोज ३ गते छुटेका प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार यही जेठ २ गते विराटनगर महानगरपालिका वडा नं. ३ पिपलचौक स्थित जयकिशोर चौधरीको घर चोरी भएको सूचना सोहि दिनको बेलुका ०९ः४५ बजेको समयमा जिल्ला प्रहरी कार्यालय मोरङको १०० नम्बरमा जानकारी प्राप्त भएको थियो ।

जानकारी प्राप्त हुनासाथ सादा पोसाकमा तथा घटनास्थल मुचुल्का लगायत प्रारम्भिक अनुसन्धानको लागि तत्कालै प्रहरी निरिक्षकको कमाण्डमा प्रहरी टोलीको परिचालन गरिएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ।

यो समाचार पढेर कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

आफ्नो ईमेल हालेर न्युज खरीको सदस्यता लिनुहोला।

ताजा अपडेट

ट्रेन्डिङ

©2022 News Khari सर्वाधिकार सुरक्षित Site By : Shikhar Host

छुटाउनै नहुने

खोज्नुहोस

सम्पादक:

बिमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित

कम्पनी दर्ता नं : २९४४७३/०७९/०८०

सम्पादक:

विमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com newskhari@gmail.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित