मधेश सरकारमा सहभागी हुँदै लोसपा

काठमाडौं । महन्थ ठाकुर नेतृत्वको लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) आज मधेश प्रदेश सरकारमा सहभागी हुने भएको छ । लोसपाले प्रदेश सरकारमा वन तथा वातावरण मन्त्रालय पाएको छ । उसले उक्त मन्त्रालयमा प्रदेशसभा सदस्य रमेश पट्टेललाई पठाउने भएको छ ।
केन्द्र सरकारमा श्रम रोजगार तथा सामाजिक सुरक्षामन्त्रीको रुपमा शरदसिंह भण्डारी सहभागी भएका छन् ।

मधेश प्रदेश सरकारमा अहिले जसपा नेपालका सरोजकुमार यादव मुख्यमन्त्री रहेका छन् भने नेपाली कांग्रेसका दुई तथा नेकपा एसका एक मन्त्री छन् । भने जनमत पार्टीबाट कृषिमन्त्री रहेका वसन्त कुशवाहा विना बिभागियमन्त्रीको रुपमा रहेका छन् ।

जनमतले पाएको कृषि मन्त्रालय खोसेर नेकपा एसलाई दिएकोे भन्दै प्रदेश सरकारप्रति जनमत असन्तुष्ट रहेको छ भने माओवादी केन्द्रपनि पर्ख र हेरकै नीतिमा रहेको छ ।

गठबन्धनमा आवद्ध दलहरुबीच मन्त्रालय भागवन्डामा चित्त नबुझेपछि सरकारबाट माओवादी केन्द्रले बाहिरिने निर्णय गरेको अवस्थामा अर्को दल लोसपा भने एक मन्त्रालयसहित सरकारमा सहभागी हुने भएको हो ।

यो समाचार पढेर कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

आफ्नो ईमेल हालेर न्युज खरीको सदस्यता लिनुहोला।

ताजा अपडेट

ट्रेन्डिङ

©2022 News Khari सर्वाधिकार सुरक्षित Site By : Shikhar Host

छुटाउनै नहुने

खोज्नुहोस

सम्पादक:

बिमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित

कम्पनी दर्ता नं : २९४४७३/०७९/०८०

सम्पादक:

विमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com newskhari@gmail.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित