रुकुम पश्चिम जिप दुर्घटना अपडेट : मृतकको सङ्ख्या ५ पुग्यो

काठमाडौं । रुकुम पश्चिमको बाँफीकोट गाउँपालिका–८ दुलीमा जिप दुर्घटना हुँदा घाइते भएका १४ मध्ये ५ जनाको मृत्यु भएको रुकुम पश्चिम प्रहरीले बताएको छ। २२ दिने सुत्केरी आमा र उनका छोरासहित ५ जनाको मृत्यु भएको हो।

सानीभेरी गाउँपालिका–३ घ्युढुंगाबाट मुसिकोटतर्फ जाँदै गरेको लु१ज१७४७ नम्बरको जिप आज बिहान करिब साढे ८ बजेतिर दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका इन्सपेक्टर विष्णु श्रेष्ठले जानकारी दिए।

सडकबाट करिब ३ सय मिटर तल खसेको जिपमा १५ जना सवार थिए। घाइतेको उद्धार जारी रहेको प्रहरीले बताएको छ। ‘बिहान ८ बजे जिप सडक दुर्घटनामा निकै तल पुगेकाले सुरुमा उद्धारमा कठिनाइ भए पनि स्थानीय उद्धारमा जुटेका हौं,’ बाँफीकोट–८ का वडाध्यक्ष धनबहादुर खत्रीले भने।

प्रहरीका अनुसार घाइतेमध्ये ४ जनालाई हेलिकप्टरमार्फत बाँकेको कोहलपुर मेडिकल कलेज लगिएको छ। बाँकी ६ जनाको रुकुम पश्चिमकै सल्लेमा उपचार भइरहेको छ।

मृत्यु हुनेमा ३ जना सानीभेरी पालिकाका र बाँकी बाँफीकोटका रहेको वडाध्यक्ष खत्रीले बताए। दुर्घटनामा परेर निधन भएकाको शव सल्ले अस्पतालमा राखिएको छ र सनाखत भइरहेको प्रहरीले बताएको छ।

यो समाचार पढेर कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

आफ्नो ईमेल हालेर न्युज खरीको सदस्यता लिनुहोला।

ताजा अपडेट

ट्रेन्डिङ

©2022 News Khari सर्वाधिकार सुरक्षित Site By : Shikhar Host

छुटाउनै नहुने

खोज्नुहोस

सम्पादक:

बिमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित

कम्पनी दर्ता नं : २९४४७३/०७९/०८०

सम्पादक:

विमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com newskhari@gmail.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित