रौतहटमा एक वृद्धको हत्या

जनकपुरधाम । रौतहटमा एक वृद्धको गोली हानी हत्या गरिएको छ । देबाही गोनाही-१ का ७० वर्षीय शेख तैयाबको हत्या भएको हो ।
घरदेखि एक किलोमिटर दूरीमा लक्ष्मीनिया जाने सडकमा तैयबको शव भेटिएको हो । उनको टाउकोमा चोट देखिएको इलाका प्रहरी कार्यालय गोनाहीका इन्सपेक्टर गोविन्द साहले बताए ।

उनका अनुसार हत्या कसले गरेको भन्नेकुरा खुल्न सकेको छैन । अनुसन्धान भइरहेको छ । तर, मृतकका छोरा शेख असलमले गाउँकै मजहर आलम भनेर चिनिने मोगले आलममाथि हत्याको आरोप लगाएका छन् ।

२०७९ फागुन १५ मा तैयबका नाति शेख रिजवान मोगले आलको छोरीलाई लिएर बिहे गर्ने भन्दै सम्पर्कविहीन भएका थिए । १० दिनपछि मोगलेको छोरी इलाका प्रहरी कार्यालय गरुडामा हाजिर भइन् । प्रहरीलाई उनी दिएको बयानको आधारमा तीनजनामाथि अपहरण तथा जबर्जस्ती करणी मुद्दासमेत चलेको छ ।

उक्त घटनापछि तैयब र मोगलेको दुश्मनी सुरू भयो ।

तैयबको हत्या भएपछि उनका छोरा शेख असलमको दाबी छ, ‘मोगले पटक(पटक धम्की दिने गरेका थिए । उनले मुद्दा चलाएकाहरू धरौटीमा छुटेको बिहान रातिनै मेरो बुबाको हत्या भयो । मोगले र उनका मान्छेले नै हत्या गरेका छन् ।’

यो समाचार पढेर कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

आफ्नो ईमेल हालेर न्युज खरीको सदस्यता लिनुहोला।

ताजा अपडेट

ट्रेन्डिङ

©2022 News Khari सर्वाधिकार सुरक्षित Site By : Shikhar Host

छुटाउनै नहुने

खोज्नुहोस

सम्पादक:

बिमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित

कम्पनी दर्ता नं : २९४४७३/०७९/०८०

सम्पादक:

विमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com newskhari@gmail.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित