देवकुमार नेपाली एमाले प्रदेश सदस्यबाट निलम्बित

काठमाडौं । ढोरपाटन नगरपालिकाका मेयर देवकुमार नेपालीलाई नेकपा एमालेले निलम्बन गरेको हो । नेकपा एमाले गण्डकी प्रदेश कमिटीले नेपालीलाई निलम्बन गरेको हो । उनी नेकपा एमाले गण्डकी प्रदेश कमिटी सदस्य हुन् ।

नेकपा एमाले गण्डकी प्रदेश सचिवालय सदस्य एवम् बागलुङ अध्यक्ष हिराबहादुर केसीका अनुसार जेठ ९ गते बसेको बैठकले नेपालीलाई निलम्बन गरेको हो ।

सहकारीका बागलुङ र पोखराका बचतकर्ताले प्रशासनमा उजुरी दिएको र अध्यक्ष नेपालीलाई अध्यागमन विभागले विदेश यात्रामा रोक लगाएको भन्दै उनले छानबिनका लागि निलम्बन गरेको बताए ।

‘इमेज बचत तथा ऋण सहकारीका संस्थाका बचतकर्ताहरुको बचत हिनामिना भएको भनि विभिन्न सञ्चार माध्यमहरुमा प्रकाशित समाचारप्रति हाम्रो पार्टीको ध्यानाकषर्ण भएको छ,’ प्रदेश कमिटी सचिव धनञ्जय दवाडी भने, ‘प्रदेश कार्यालयको बैठकको निर्णयअनुसार घटनाको निरुपण नहुँदासम्मको लागि प्रदेश कमिटीको सदस्यबाट नेपालीलाई निलम्बन गरिएको छ ।’

सहकारीमा बचत गरेका सर्वसाधारण नागरिकले आफ्नो रकम फिर्ता माग्न थालेपछि नेपाली गत आइतबारदेखि सम्पर्कविहीन छन्।

पोखरा र बागलुङमा इमेज बचत तथा ऋण सहकारी संस्था चलाएका नेपालीले प्रारम्भिक अनुसन्धानमा २ अर्ब अपचलन गरेको पाइएको छ।

348377683 624896129540408 6052314688018354204 n https://newskhari.com/wp-content/uploads/2023/05/dev-kumar-nepali_yLbhaBaP3o.jpg

यो समाचार पढेर कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

आफ्नो ईमेल हालेर न्युज खरीको सदस्यता लिनुहोला।

ताजा अपडेट

ट्रेन्डिङ

©2022 News Khari सर्वाधिकार सुरक्षित Site By : Shikhar Host

छुटाउनै नहुने

खोज्नुहोस

सम्पादक:

बिमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित

कम्पनी दर्ता नं : २९४४७३/०७९/०८०

सम्पादक:

विमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com newskhari@gmail.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित