यी हुन् मन्त्रिपरिषद्का निर्णयहरू

काठमाडौं । मन्त्रिपरिषद्को बैठकले असोज २ गतेलाई राष्ट्रिय शिक्षा दिवस मनाउने निर्णय गरेको छ।​ मंगलवार सिंहदरबारमा बसेको मन्त्रिपरिषद्को बैठकले प्रत्येक वर्ष असोज २ गते राष्ट्रिय शिक्षा दिवस मनाउने निर्णय गरेको हो।

सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले जापान सरकारबाट प्राप्त हुने मानव संसाधन विकास छात्रवृत्तिका ४१ करोड बराबरको अनुदान सहायता स्वीकार गर्ने निर्णय गरेको पनि बताइन्।

थप निर्णयहरु

-जापान सरकारबाट मानव संशाधन विकास छात्रवृत्ति (जेडिएस) तेस्रो चरण, प्रथम ब्याचका लागि प्राप्त हुने करिब ४१ करोड बराबरको अनुदान सहायता स्वीकार गर्ने ।

-भन्सार महसुस सम्बन्धी नयाँ विधेयक तर्जुमाका लागि सैद्धान्तिक स्वीकृति प्रदान गर्ने ।

–विद्यालय शिक्षा क्षेत्र आयोजनाका लागि शिक्षाको लागि विश्वब्यापी साझेदारीबाट प्राप्त हुने १९.७० मिलियन अमेरिकी डलर बराबराको अनुदान सहायता स्वीकार गर्ने ।

–विदालय क्षेत्रा रुपान्तरण कार्यक्रमका लागि विश्व बैंकबाट प्राप्त हुने १२० मिलियन अमेरिकी डलर बराबरको सहुलियतपूर्ण ऋण सहायता स्वीकार गर्ने ।

–परराष्ट्र मामिला अध्ययन प्रतिष्ठान विकास समिति (गठन) (दोस्रो संशोधन) आदेश २०८० स्वीकृत गर्ने ।

–सवारी तथा यातायात व्यवस्था (नवौं संशोधन), नियमावली २०७९ स्वीकृत गर्ने ।

–प्रत्येक वर्ष मनाउने गरी असोज २ गतेलाई राष्ट्रिय शिक्षा दिवस मनाउने दिन तोक्ने ।

यो समाचार पढेर कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

आफ्नो ईमेल हालेर न्युज खरीको सदस्यता लिनुहोला।

ताजा अपडेट

ट्रेन्डिङ

©2022 News Khari सर्वाधिकार सुरक्षित Site By : Shikhar Host

छुटाउनै नहुने

खोज्नुहोस

सम्पादक:

बिमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित

कम्पनी दर्ता नं : २९४४७३/०७९/०८०

सम्पादक:

विमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com newskhari@gmail.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित