सरकारको नीति तथा कार्यक्रम राष्ट्रिय सभाबाट पारित

काठमाडौं । सरकारले गत शुक्रबार संसद्को संयुक्त बैठकमा प्रस्तुत गरेको नीति तथा कार्यक्रम राष्ट्रिय सभाबाट बहुमतसहित पारित भएको छ। आज प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नीति तथा कार्यक्रममाथि सांसदले उठाएका प्रश्नको जवाफ दिएपछि बहुमतले पारित भएको हो।

केही सांसदले राखेको संशोधन प्रस्ताव बहुमतले अस्वीकृत भएपछि राष्ट्रिय सभाध्यक्ष गणेशप्रसाद तिमल्सिनाले नीति तथा कार्यक्रमलाई निर्णयार्थ प्रस्तुत गरेका थिए।

प्रधानमन्त्री प्रचण्डले सांसदले उठाएका जवाफमा नीति तथा कार्यक्रम कल्पनाको पुलिन्दा मात्रै नभएको दाबी गरेका थिए। सरकारबाट आगामी आर्थिक वर्षका लागि प्रस्तुत नीति तथा कार्यक्रम कार्यान्वयन हुन सक्ने उनले औंल्याएका थिए।

प्रधानमन्त्री प्रचण्डले भने, ‘अहिलेको नीति तथा कार्यक्रम गन्तव्यहीन छैन। यसले गठबन्धनको साझा आवाज बोकेको छ। यो नीति तथा कार्यक्रम कल्पनाको पुलिन्दा होइन । कार्यान्वयन हुने विषय राखेका छौं।’

यो समाचार पढेर कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

आफ्नो ईमेल हालेर न्युज खरीको सदस्यता लिनुहोला।

ताजा अपडेट

ट्रेन्डिङ

©2022 News Khari सर्वाधिकार सुरक्षित Site By : Shikhar Host

छुटाउनै नहुने

खोज्नुहोस

सम्पादक:

बिमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित

कम्पनी दर्ता नं : २९४४७३/०७९/०८०

सम्पादक:

विमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com newskhari@gmail.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित