जनकपुर । मधेश प्रदेश सरकारमा तीनजना मन्त्री थपिएका छन्। मुख्यमन्त्री सरोज यादवले नेपाली कांग्रेस र नेकपा एकीकृत समाजवादीलाई सरकारमा सहभागी गराउँदै मन्त्रिपरिषद विस्तार गरेका हुन्।
उनले कृष्ण प्रसाद यादवलाई भौतिक पूर्वाधार विकास मन्त्री, गोविन्द बहादुर न्यौपानेलाई भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री र विरेन्द्र प्रसाद सिंहलाई स्वास्थ्य मन्त्रीको जिम्मेवारी दिएका छन्। नवनियुक्त मन्त्रीहरुले आजै मधेश भवनमा शपथ ग्रहण पनि गरेका छन्।