काठमाडौँ । नेकपा माओवादी केन्द्र मधेश प्रदेश सरकारबाट बाहिरिएको छ । आज बसेको माओवादी केन्द्रको संसदीय दलको बैठकले सरकार छोड्ने निर्णय गरेको हो । गठबन्धनको निर्णयविपरीत मुख्यमन्त्री सरोज कुमारले एकलौटी निर्णय गरेकाले बाध्य भएर यो निर्णय गर्नुपरेको माओवादीले जनाएको छ ।
मधेश सरकारमा माओवादीबाट सुनिता यादव पर्यटन, वन तथा वातावरण मन्त्री र रहबर अन्सारी राज्यमन्त्री थिए । माओवादीले सरकार छोड्ने निर्णय गरेलगत्तै सरकारमा नरहेका तीन दलको बैठक बस्न लागेको छ । माओवादी, जनमत पार्टी र लोकतान्त्रिक समाजवादी पार्टीका नेताहरुले संयुक्त छलफल गर्न लागेको बताइएको छ ।