रौतहट । रौतहटको मौलापुर नगरपालिकामा मंगलबार चट्याङमा परी एक महिलाको मृत्यु भएको छ । मौलापुर नगरपालिका–४ स्थित पतौरा घर भएका ३५ वर्षीय प्रतिभादेवी साहको चट्याङ लागेर घटनास्थलमै मृत्यु भएको हो ।
प्रहरीका अनुसार बिहान धारामा भाँडा माझ्न निस्केकी साहको चट्याङमा परी मृत्यु भएको हो । बिहान हावाहुरीसँगै चट्याङमा परि साहको घटनास्थलमै मृत्यु भएको मौलापुर प्रहरीले जनायो ।मृतक साहको एक वर्षका दुधे बालकसहित ३ सन्तान रहेका छन् । घटनास्थल पुगेर प्रहरीले सर्जमिन मुचुल्का गरेको छ । मृतको शवको पोष्टमार्टम गरी परिवारलाई जिम्मा दिने प्रहरीले जनायो ।