सिके राउतले बोलाए केन्द्रीय समितिको बैठक

काठमाडौं । डा.सिके राउत नेतृत्वको जनमत पार्टीले केन्द्रीय समितिको बैठक बोलाएको छ । सरकार, गठबन्धन, सङ्गठन निर्माणलगायत अन्य समसामयिक राजनीतिक विषयमा छलफलका लागि जेठ १२ गतेका लागि सो बैठक बोलाइएको हो ।

जनमत पार्टीका सचिव अनिता साहले पार्टी सङ्गठन विस्तार तथा सुदृढीकरण, देशको समसामयिक राजनीतिक घटनाक्रमको विषयमा छलफलका लागि बैठक बोलाएको बताइन् ।

जनमत पार्टीले केन्द्रीय सरकारबाट आफ्नो मन्त्री फिर्ता बोलाई सकेको छ । तर सरकारलाई दिएको समर्थन कायमै राखेको छ । केन्द्रमा मन्त्रालय बाँडफाँड भइसकेका हुनाले अब सरकारमा जाने सम्भावना देखिएको छैन ।

उता, मधेस प्रदेश सरकारमा पनि त्यहाँका जसपाका मुख्यमन्त्री सरोज यादवले जनमतलाई दिएको कृषि मन्त्रालय खोसेर विना विभागीय बनाएका छन् । मधेस सरकारमा जनमत पार्टीले दुईवटा मन्त्रालय पाएको थियो । हिजो मात्रै जनमत पार्टी लुम्बिनी प्रदेश सरकारमा सहभागी भएको छ ।

यी सबै विषयवस्तुको विषयमा केन्द्रीय समितिमा छलफल हुने बताइएको छ ।

यो समाचार पढेर कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

आफ्नो ईमेल हालेर न्युज खरीको सदस्यता लिनुहोला।

ताजा अपडेट

ट्रेन्डिङ

©2022 News Khari सर्वाधिकार सुरक्षित Site By : Shikhar Host

छुटाउनै नहुने

खोज्नुहोस

सम्पादक:

बिमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित

कम्पनी दर्ता नं : २९४४७३/०७९/०८०

सम्पादक:

विमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com newskhari@gmail.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित