काठमाडौं । नेकपा माओवादी केन्द्रले मधेश प्रदेश सरकारबाट बाहिरिने निर्णय गरेको छ। गठबन्धनका केन्द्रीय नेताहरूबीच भएको बैठकको निर्णय विपरीत मुख्यमन्त्री सरोज कुमार हिँडेको भन्दै सरकारबाट बाहिरिने निर्णय गरेको हो।आज बसेको संसदीय दलको बैठकले उक्त निर्णय गरेको एक प्रदेशसभा सदस्यले बताए।
‘जसपाले हामीलाई पेलेको पेलै गर्यो। गठबन्धनका केन्द्रीय नेताहरूबीच लोसपा र माओवादीलाई दुई-दुई वटा मन्त्रालय दिने सहमति भएको थियो तर अहिले एउटै मन्त्रालय दिने भन्दैछ। जसपाले कांग्रेससँग एकलौटी डिल गरेर मन्त्रीमण्डल विस्तार गर्न खोजेको छ,’ ती सांसदले भने, ‘सबै ठूला मन्त्रालयहरू जसपा र कांग्रेसले आफैले राख्न खोजेका छन्। जनमतको मन्त्रालय पनि खोसेर उसलाई सरकारबाट हटाउन खोजेको छ जबकी प्रधानमन्त्रीले उसलाई पनि सरकारमा सँगै राख्न भन्नुभएको छ।’ ती सांसदले भने, । माओवादी संसदीय दलका नेता भरतप्रसाद साहले पनि सरकारबाट बाहिरिने निर्णय भएको पुष्टि गरे।