भण्डारीको दोहोरो चरित्र : सञ्चालकमा अनुमोदन भए बचतकर्ताको रकम फिर्ता गर्छु !

विमल खड्का, काठमाडौं । इमेज बचत तथा ऋण सहकारी संस्थाका सञ्चालक भनिएका चित्रबहादुर भण्डारीले इमेज बचत तथा ऋण सहकारीसँग कुनै सम्बन्ध नरहेको बताएका छन् । सोमबार प्रेस विज्ञप्ति निकाल्दै सहकारीमा आफू संलग्न नरहेको बताएका हुन् ।

‘केही दिनयता इमेज बचत तथा ऋण सहकारी संस्थासँग जोडिएर सञ्चालकको रुपमा मेरो नाम आएकोप्रति गम्भीर ध्यानाकर्षण भएको छ,’ उनले भनेका छन्, ‘सो सहकारीमा मेरो र परिवारको लगानी र शेयर सदस्य समेत नरहेको जानकारी गराउँदछु ।’

उनले संस्थाको प्रस्तावित सञ्चालकको रुपमा आफ्नो नाम राखिएपनि आधिकारिक रुपमा अनुमोदन नभएको बताएका छन् ।

‘सहकारीको आयव्यय देखाउने गरी सञ्चालक समितिमा मेरो नाम प्रस्तावित गरिएको थियो,’ उनले न्यूज खरीसँग बोल्दै भने, ‘पछि शेयर सदस्यको बैठक पनि बसेन र अनुमोदन पनि भएन, म सञ्चालक समितिमा पनि रहिँन ।’ पुरानाे समितिले सञ्चालकमा आफूलाई अनुमाेदन गरे बचतकर्ताकाे रकम फिर्ता गर्ने प्रतिबद्धता व्यक्त गरे ।

‘जनताको पैसा फिर्ता गर्नुपर्छ भन्ने मेरो मान्यता हो,’ उनले भने, ‘सहकारीकाे आयव्यय सार्वजनिक र शेयर सदस्यले सञ्चालक समितिमा मलाइ अनुमोदन गरे बचतकर्तालाई बोलाएरै रकम फिर्ता गर्छु ।’

348709662 3016174925193711 2575788737323879876 n e1684764452621 https://newskhari.com/storage/2023/05/Screenshot-2023-05-22-194805.png

बचतकर्ताको ७० करोड भन्दा बढी रकम फिर्ता गर्न नसकेर संस्थापक अध्यक्ष देवकुमार नेपाली फरार भएपछि सञ्चालकको रुपमा भण्डारी जोडिएको थिए ।

सञ्चालककाे नाम जोडिएका भण्डारीले सहरकारीको हिसाब किताब हेर्न जाँदा बचतकर्तासँग दोहोरो संवाद भएको बताए । केही समयअघि बागलुङ बजारमा रहेकाे कार्यालय घेराउ गर्दा भण्डारीले बचतकर्ताको रकम फिर्ता गरिदिने बताएका थिए । ‘हामीले तपाईंहरुको पैसा फिर्ता गछौं, केही दिनको समय दिनुहोस्’ उनले बचतकर्तालाई भनेका थिए ।

Screenshot 2023 05 22 181620 https://newskhari.com/storage/2023/05/Screenshot-2023-05-22-194805.png

बचतकर्तालाई भनेको कुरा स्वीकार गर्दै उनले भने-‘सञ्चालक समितिमा प्रस्ताव गरेपछि सहकारीको आम्दानी र खर्चको विवरणबारे जानकारी लिन बागलुङ पुगेको थिए, गलकोट जान पाइन् ।’

साथै गृहमन्त्रालयले आइतबार संस्थापक अध्यक्ष देवकुमार नेपालीसहित ७ जना पदाधिकारीको यात्रा अनुमति रद्द गर्न अध्यागमन विभागलाई पत्रचार गरेको थियो ।

patraa 2252023044358 1000x0 1 https://newskhari.com/storage/2023/05/Screenshot-2023-05-22-194805.png

संस्थाका अध्यक्ष देवुकमार नेपाली परिवारसहित ३ दिनदेखि सम्पर्कबिहीन रहेका छन् । यता बचतकर्ताले संस्थाका अध्यक्षलाई खोजबिन गर्न भन्दै दैनिक रुपमा जिल्ला प्रशासन कार्यालय बागलुङ तथा जिल्ला प्रहरी कार्यालय बागलुङमा पुगेर दबाब दिँदै आएका छन् ।

याे पनि हेर्नुहाेस् :

 

यो समाचार पढेर कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

आफ्नो ईमेल हालेर न्युज खरीको सदस्यता लिनुहोला।

©2022 News Khari सर्वाधिकार सुरक्षित Site By : Shikhar Host

ताजा अपडेट

ट्रेन्डिङ

छुटाउनै नहुने

खोज्नुहोस

सम्पादक:

बिमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित

कम्पनी दर्ता नं : २९४४७३/०७९/०८०

सम्पादक:

विमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com newskhari@gmail.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित