बागमती प्रदेशमा मन्त्रिमण्डल विस्तार, काे-काे भए मन्त्री ?

हेटौँडा । सत्ता गठबन्धनका दलहरुबीचको लामो कसरतपछि बागमती प्रदेशको मन्त्रिमण्डलले पूर्णता पाएको छ । दलहरुबीच भागबण्डा नमिले पनि अन्ततः प्रदेशको ११ मन्त्रालयमा थप एक मन्त्रालय बनाएर १२ वटा बनाउने गरी सहमति भएको हो ।

अब प्रदेशमा नेकपा माओवादी केन्द्रबाट मुख्यमन्त्रीसहित चार मन्त्री र नेपाली कांग्रेसका छ जना र एकीकृत समाजवादीका दुई जना मन्त्री बनेका छन्।मुख्यमन्त्री शालिकराम जम्कट्टेलको सिफारिसमा बागमती प्रदेशका प्रदेश प्रमुख यादवचन्द्र शर्माले मन्त्रीमा नियुक्तिसँगै आइतबार नै पद तथा गोपनीयताको शपथ गराएका हुन ।

यसअघि गत चैत २६ गते कांग्रेसबाट दुई जना मन्त्री थप गरी छ सदस्यीय मन्त्रिमण्डल बनाइएको थियो । साथै, गत पुस २६ गते मुख्यमन्त्री जम्कट्टेलले तीन सदस्यीय मन्त्रिमण्डल बनाएकोमा गत माघ ११ गते मन्त्रिमण्डल विस्तारले पूर्णता पाएको थियो । यस्तै, चैत १० गते नेकपा एमालेका चार मन्त्री र गत फागुन १३ गते राष्ट्रिय प्रजातन्त्र पार्टीका तीन मन्त्रीले राजीनामा दिँदै सरकारलाई दिएको समर्थन फिर्ता लिएका थिए ।

विस्तारित मन्त्रिमण्डलको विस्तार एवम् कार्यविभाजन यस प्रकार छ ।

१. शालिकराम जम्कट्टेल, मुख्यमन्त्री, मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय

२.बहादुर सिं लामा (तामाङ), मन्त्री, आर्थिक मामिला तथा योजना मन्त्रालय

३. गङ्गा नारायण श्रेष्ठ,मन्त्री, आन्तरिक मामिला तथा कानुन मन्त्रालय

४. कुमारी मुक्तान, मन्त्री, सामाजिक विकास मन्त्रालय

५. युवराज दुलाल,मन्त्री, भौतिक पूर्वाधार विकास मन्त्रालय

६. तीर्थबहादुर लामा,मन्त्री, खानेपानी, ऊर्जा तथा सिँचाई मन्त्रालय

७.रामकृष्ण चित्रकार, मन्त्री, विना विभागीय

८. डा.राजेन्द्रमान श्रेष्ठ, मन्त्री, कृषि तथा पशुपन्छी विकास मन्त्रालय

९. लक्ष्मण लम्साल, मन्त्री,श्रम, रोजगार तथा यातायात मन्त्रालय

१०. पुकार महर्जन, मन्त्री, पर्यटन, उद्योग तथा सहकारी मन्त्रालय

११. उत्तम जोशी,मन्त्री, स्वास्थ्य मन्त्रालय

१२. मसिना खड्का, मन्त्री, वन तथा वातावरण मन्त्रालय

यो समाचार पढेर कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

आफ्नो ईमेल हालेर न्युज खरीको सदस्यता लिनुहोला।

ताजा अपडेट

ट्रेन्डिङ

©2022 News Khari सर्वाधिकार सुरक्षित Site By : Shikhar Host

छुटाउनै नहुने

खोज्नुहोस

सम्पादक:

बिमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित

कम्पनी दर्ता नं : २९४४७३/०७९/०८०

सम्पादक:

विमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com newskhari@gmail.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित