स्थानीयवासीले बञ्चरेडाँडामा फोहोर फाल्न दिएनन् !

काठमाडौं : सहरी विकास मन्त्रालय, काठमाडौं महानगरपालिका र बञ्चरेडाँडाका सरोकारवालाबीच सोमबार उपत्यकाको फोहोर व्यवस्थापनमा सहमति भयो। सोहीअनुसार फोहोर बोकेका गाडी मंगलबार बञ्चरेडाँडातिर लागे। तर, स्थानीयवासीले अवरोध कायमै राखे। त्यस क्रममा प्रहरीसँग झडप भयो। प्रहरीले १४ जनालाई नियन्त्रणमा लियो।

सिसडोल भरिएपछि बञ्चरेडाँडामा फोहोर फाल्न सोमबार सहमति जुटेको हो। त्यस क्रममा सहरी विकासमन्त्री रामकुमारी झाँक्री, काठमाडौंका मेयर बालेन्द्र शाह, उपमेयर सुनिता डंगोल, जिल्ला प्रहरी परिसरका प्रमुख सुदिप गिरी, ककनी गाउँपालिका–३ का अध्यक्ष घनस्याम बजगाईंलगायतको उपस्थित थिए।

ककनी गाउँपालिका उपाध्यक्ष मिठ्ठुमाया तामाङका अनुसार उक्त सम्झौता स्थानीयवासीसम्म नपुग्दा मंगलबार अवरोध भएको हो। ‘हामीले काठमाडौं गएर सम्झौता ग¥यौं। स्थानीयवासीलाई खबर गर्न पाएनौ’, उपाध्यक्ष तामाङले भनिन्।

सम्झौता गर्ने सम्पूर्ण टिमले घर–घरमै गएर सुनाउन बुझाउनुपर्ने उनले बताइन्। ‘सहरी विकासमन्त्री, मेयर, उपमेयरलगायत सबै जना फिल्डमै गएर स्थानीयवासीलाई बुझाउनपर्छ होला’, उनले भनिन्। बुधबारदेखि अवरोध नहुने उनले बताइन्।

काठमाडांैका मेयर शाहले उपत्यकावासीलाई फोहोर छुट्ट्याइदिन आग्रह गरेका छन्। उनले मंगलबार विज्ञप्ति जारी गर्दै उनले १० दिनसम्म फोहोर उठाउन नसकेकोमा माफी मागेका छन्। उनले सहरवासीलाई घरबाट फोहोर निकाल्दा कुहिने र नकुहिने टुट्याइदिनका लागि आग्रह गरेका छन्। नछुट्ट्याइएको फोहोर उठाउन नसकिने उनको भनाइ छ।

‘कुहिने र नकुहिने फोहर छुट्ट्याउँदा व्यवस्थापनमा सहज हुन्छ। फोहोर व्यवस्थापन सहज भए हामी स्वच्छ र स्वस्थ वातावरणमा बाँच्न पाउँछौं। नछुट्टाएको फोहोर महानगरले संकलन गर्ने छैन’, उनले भनेका छन्। १० दिनदेखि फोहोर नउठ्दा राजधानी दुर्गन्धित छ। चोक–चोक र गल्ली–गल्लीमा फोहोरका डंगुर छन्। नाक थुनेर हिँड्नुपर्छ।

बन्चरेडाँडा ल्यान्डफिल साइटमा सडक बनाउन मन्त्रालयबाट ४२ करोड ५० छुट्ट्याउनेलगायत विकल्प अघि सारिएको छ। नदी नियन्त्रण, सामुदायिक भवन र मन्दिर निर्माण, वृक्षरोपण गर्न १ करोड ७० लाख विनियोजन गरिने जनाइएको छ। प्रभावित क्षेत्रमा स्वास्थ्य बिमा, अस्पताल निर्माण, रोजगारका कार्यक्रम सञ्चालन, दुर्गन्ध हटाउनेलगायत विकल्प अघि सारिएको छ।

यो समाचार पढेर कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

आफ्नो ईमेल हालेर न्युज खरीको सदस्यता लिनुहोला।

©2022 News Khari सर्वाधिकार सुरक्षित Site By : Shikhar Host

ताजा अपडेट

ट्रेन्डिङ

छुटाउनै नहुने

खोज्नुहोस

सम्पादक:

बिमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित

कम्पनी दर्ता नं : २९४४७३/०७९/०८०

सम्पादक:

विमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com newskhari@gmail.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित