मोरङ केराबारीमा गाई काटेको आरोपमा ४ जना पक्राउ

विराटनगर । राष्ट्रिय जनावर गाई काटेको आरोपमा मोरङको केराबारीबाट ४ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा केराबारी गाउँपालिका–३ की ३७ वर्षीया पवित्रा तामाङ, ५० वर्षीया नीरमाया तामाङ, केराबारी–७ का २३ वर्षीय सन्तोष लिम्बू र २२ वर्षीया मञ्जु लिम्बू रहेका छन् ।

केराबारी–३ साइ डाँडामा गाई काटेको सूचनाका आधारमा खटिएको इलाका प्रहरी कार्यालय बेलबारीका प्रहरी निरीक्षक उदय शम्शेर राणा नेतृत्वको टोलीले उनीहरुलाई पक्राउ गरेको हो ।

मोरङ प्रहरीका प्रवक्ता डीएसपी रन्जनकुमार दाहालका अनुसार ४ जनालाई बिहीबार राति ८ बजेतिर पक्राउ गरिएको हो । पक्राउ परेकाको घरबाट गाईको मासु, टाउको र खुट्टा बरामद भएको दाहालले बताए । उनीहरुलाई इलाका प्रहरी कार्यालय बेलबारीमा राखेर थप अनुसन्धान अघि बढाइएको जानकारी उनले दिए ।

यो समाचार पढेर कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

आफ्नो ईमेल हालेर न्युज खरीको सदस्यता लिनुहोला।

©2022 News Khari सर्वाधिकार सुरक्षित Site By : Shikhar Host

ताजा अपडेट

ट्रेन्डिङ

छुटाउनै नहुने

खोज्नुहोस

सम्पादक:

बिमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित

कम्पनी दर्ता नं : २९४४७३/०७९/०८०

सम्पादक:

विमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com newskhari@gmail.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित