रहेनन् महाकाव्यकार जनार्दनशरण त्रिपाठी

पोखरा । हेमजा साहित्य प्रतिष्ठान नेपालका संस्थापक अध्यक्ष एवं महाकाव्यकार जनार्दनशरण त्रिपाठीको निधन भएको छ । क्यान्सर रोगबाट पीडित उनको आज बिहान ४ः३० बजे ८० वर्षको उमेरमा हेमजास्थित निवासमै निधन भएको हो । उनको आजै बिहान ८ः०० बजे शवयात्रासहित अन्त्येष्टि गरिने पारिवारिक श्रोतले जनाएको छ ।

छन्दकवि एवं साहित्यकार छन्दमणि (शंकर) त्रिपाठीका अनुसार जनार्दनशरणका नेपालश्री महाकाव्य, हाम्रो भन्नु प्रवन्ध काव्य, नेपाली वन सम्पदा र वातावरण खण्डकाव्य, समझ्दारी गीतिनाट्य, आरोहण महाकाव्यको अद्बोधन, नेपाली माटामा महानाटक र नेपाली सांस्कृतिक लेख प्रकाशित छन् ।

उनले बागलुङबाट रत्नश्रेष्ठ पुरस्कार प्राप्त गर्नुका साथै दर्जन बढी साहित्यिक संघ(संस्थाबाट पुरस्कृत एवं सम्मानित भएका थिए । उनी मुकुन्दशरण वाङ्मय परिषद्कासमेत संस्थापक अध्यक्ष हुन् भने अन्य आधा दर्जन साहित्यिक एवं वाङ्मयिक संघसंस्थामा आवद्ध भएका थिए । त्रिपाठी लामो समय अध्यापन पश्चात् सेवा निवृत्त भएका थिए ।

उनका श्रीमती, एक छोरा र पाँच छोरी छन् । हेमजा साहित्य प्रतिष्ठानले गत साउनमा संस्थापक अध्यक्ष त्रिपाठीको जन्मोत्सव मनाएको थियो । यसैबीच पोखरा महानगरपालिका वडा नं. २५ का वडाध्यक्ष एवं महानगरका प्रवक्ता मोतीराज तिमिल्सिनाले त्रिपाठीको निधनप्रति दुःख व्यक्त गरेका छन् ।

वडाध्यक्ष तिमिल्सिनाले त्रिपाठीको निधनले आफूले असल अभिभावक गुमाएको भन्दै त्रिपाठीको परिवारजनमा समवेदना प्रकट गरे ।

यो समाचार पढेर कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

आफ्नो ईमेल हालेर न्युज खरीको सदस्यता लिनुहोला।

ताजा अपडेट

ट्रेन्डिङ

©2022 News Khari सर्वाधिकार सुरक्षित Site By : Shikhar Host

छुटाउनै नहुने

खोज्नुहोस

सम्पादक:

बिमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित

कम्पनी दर्ता नं : २९४४७३/०७९/०८०

सम्पादक:

विमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com newskhari@gmail.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित