दाङको देउखुरीमा बस दुर्घटना : एकको मृत्यु, दर्जन बढी घाइते

घोराही । दाङको देउखुरीमा आज बिहान दुई बस एक आपसमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ भने दर्जन बढी घाइते भएका छन् । दुर्घटना बिहान करिब ५ः३० बजेको समयमा भएको थियो ।

मृत्यु हुनेमा रोल्पा रुन्टीगढी ७ निवासी ४२ बर्षीया सोभा परियार रहनु भएको प्रहरीले जानकारी दिएको छ। सोभाका दुई छोरा पनि दुर्घटना घाइते भएका छन् ।लमहीबाट भालुवाङतर्फ जाँदै गरेको लु २ ख ७८५ नम्बरको बस र वीरगन्जबाट दाङको तुलसीपुर आउँदै गरेको ना ५ ख ४८९८ नम्बरको बस लमही नगरपालिका ३ फल्कापुरमा एक आपसमा ठोक्किएर दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी नायव उपरीक्षक राजनकुमार गौतमले जानकारी दिए ।

बारा जिल्लाबाट इँटा भट्टामा काम गरेर घर रोल्पा फर्किँदै गरेका मजदुर सवार बस दुर्घटनामा परेको हो । लु २ ख ७८५ नम्बरका चालक तुल्सीराम रामिजाल गम्भीर घाइते भएका छन् । दुर्घटनामा करिब दुई दर्जन बढी घाइते भएका छन् ती मध्य ११ जनाको अवस्था गम्भीर रहेको दाङ प्रहरीले बताएको छ ।

घाइतेहरूलाई उपचारका लागि बुटवल र नेपालगन्ज रिफर गरिएको वडा प्रहरी कार्यालय लमहीका प्रहरी निरीक्षक शङ्कर श्रेष्ठले जानकारी दिए ।

यो समाचार पढेर कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

आफ्नो ईमेल हालेर न्युज खरीको सदस्यता लिनुहोला।

©2022 News Khari सर्वाधिकार सुरक्षित Site By : Shikhar Host

ताजा अपडेट

ट्रेन्डिङ

छुटाउनै नहुने

खोज्नुहोस

सम्पादक:

बिमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित

कम्पनी दर्ता नं : २९४४७३/०७९/०८०

सम्पादक:

विमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com newskhari@gmail.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित