काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले भोलि शुक्रबार बेलुकी ४ बजे संघीय संसदको दुवै सदन (प्रतिनिधिसभा र राष्ट्रियसभा) को संयुक्त बैठकलाई सम्बोधन गर्ने भएका छन् । बिहीबार संसद बैठकमा सभामुख देवराज घिमिरेले शुक्रबार अपरान्ह ४ बजे राष्ट्रपतिको सम्बोधन हुने जानकारी गराएका हुन् ।
लगत्तै ६ बजे प्रतिनिधि सभाको बैठक बस्नेछ । सभामुख घिमिरेले अपरान्ह ३ : ४५ बजेभित्र निर्धारण गरिएको पोशाकमा उपस्थित हुन सांसदहरूलाई आग्रह गरेका छन् । सरकारले भोलि आर्थिक वर्ष २०८०/०८१ को नीति तथा कार्यक्रम सार्वजनिक गर्दैछ।