भुटानी शरणार्थी प्रकरण : नेपाल हज समितिका अध्यक्ष शमशेर मियाँ पक्राउ

काठमाडौँ । नेपाल हज समितिका अध्यक्ष शमशेर मियालाई प्रहरीले पक्राउ गरेको छ । भुटानी शरणार्थी प्रकरणमा समितिको गाडी प्रयोग भएको खुलासा भएको थियो । भुटानी शरणार्थीको कोटामा अमेरिका पठाउने नाममा ठग्ने गिरोहसँग मियाँको संलग्नता देखिएको छ ।

शरणार्थीको नाममा ठग्ने गिरोहलाई गृह मन्त्रालयको गाडी अध्यक्ष मियाले उपलब्ध गराएका थिए । गृह मन्त्रालयको स्वामित्वमा भएको बि.ए.बी–१४०५ नम्बरको निशान पेट्रोल जिप प्रहरीले बरामद गरेको छ । पीडितहरूलाई बायोमेट्रिक गराउन र अन्तर्वार्ता दिन बोलाएर गिरोहका सदस्यहरू सो गाडीमा जाने गरेका थिए ।

चितवनको सौराहा र काठमाडौँका सुन्धारा लगायतका ठाउँमा अन्तर्वार्ता लिन जाँदा गिरोहका सदस्यहरूले सो गाडी प्रयोग गरेको अनुसन्धानबाट थाहा भएको छ । इम्बोस्ड नम्बर बि.ए.बी–१४०५ नम्बरको सो जिप गृह मन्त्रालय अन्तर्गतको नेपाल हज समितिको नाममा छ ।

प्रहरीले अनुसन्धान थालेपछि नेपाल हज समितिका अध्यक्ष मियाँ सम्पर्कविहीन भएका थिए । हज समितिको प्रयोगका लागि उपलब्ध गराएको सो जिप अध्यक्ष मियाँले गिरोहका सदस्यलाई उपलब्ध गराएको अनुसन्धानबाट खुलेको अनुसन्धानमा संलग्न एकजना प्रहरी अधिकृतले बताए ।

यो समाचार पढेर कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

आफ्नो ईमेल हालेर न्युज खरीको सदस्यता लिनुहोला।

ताजा अपडेट

ट्रेन्डिङ

©2022 News Khari सर्वाधिकार सुरक्षित Site By : Shikhar Host

छुटाउनै नहुने

खोज्नुहोस

सम्पादक:

बिमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित

कम्पनी दर्ता नं : २९४४७३/०७९/०८०

सम्पादक:

विमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com newskhari@gmail.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित