शरणार्थी प्रकरण : पक्राउ परेका १४ जनालाई आज अदालतमा पेश गरिँदै

काठमाडौँ । नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका १४ जनालाई प्रहरीले बुधबार जिल्ला अदालत काठमाडौँमा उपस्थित गराउने भएको छ।

नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका लैजाने चाँजोपाँजो मिलाउँदै ठगी गरेको आरोपमा हालसम्म पक्राउ परेका १४ जनालाई नै प्रहरीले आज अदालतमा उपस्थित गराउन लागिएको हो।

पक्राउ परको एक सातामा प्रहरीले अनुसन्धान सकेर मुद्दा दर्ता गर्नुपर्ने हुन्छ, तर म्याद सकिएपनि अनुसन्धान नसकिएका कारण पुनःम्याद थपका लागि प्रहरीले उनीहरूलाई अदालत पेस गर्न लागेको हो।

हालसम्म पक्राउ परेका १४ जनामध्ये पूर्वसांसद् शेर्पाबाहेक अरू सबैको बयान सकिएको छ। शेर्पाको बयानपनि आज लिने तयारी रहेको बताइएको छ।

यी हुन् हालसम्म पक्राउ पर्नेहरूको नाम :

१) पूर्व उपप्रधानमन्त्री टोपबहादुर रायमाझी‍
२) पूर्वगृहमन्त्री बालकृष्ण खाँण
३) खाँण गृहमन्त्री हुँदाका गृहसचिव टेकनारायण पाण्डे
४) तत्कालीन निजी सचिव नरेन्द्र केसी
५) टोपबहादुरका छोरा सन्दीप रायमाझी
६) कांग्रेसका पूर्वसांसद आङटावा शेर्पा
७) तत्कालीन गृहमन्त्री रामबहादुर थापा ‘बादल’का सुरक्षा सल्लाहकार इन्द्रजित राई
८) केशव दुलाल
९) सानु भण्डारी
१०) सन्देश शर्मा
११) सागर राई
१२) टंक गुरुङ
१३) रामशरण केसी
१४) गोविन्द चौधरी

यो समाचार पढेर कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

आफ्नो ईमेल हालेर न्युज खरीको सदस्यता लिनुहोला।

ताजा अपडेट

ट्रेन्डिङ

©2022 News Khari सर्वाधिकार सुरक्षित Site By : Shikhar Host

छुटाउनै नहुने

खोज्नुहोस

सम्पादक:

बिमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित

कम्पनी दर्ता नं : २९४४७३/०७९/०८०

सम्पादक:

विमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com newskhari@gmail.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित