चेबो अदैको हत्या भएको भन्दै स्थानीयले घेरे इलाका प्रहरी कार्यालय बुर्तिबाङ (भिडिओ)

पाँच जना स्थानीय पक्राउ

बुर्तिबाङ । बागलुङको ढोरपाटन नगरपालिका -२ तारिखेतमा बस्दै आएका ५५ वर्षीय चेबो अदैको हत्या भएको भन्दै स्थानीयले प्रहरी कार्यालय घेराउ गरेका छन् । जिल्ला प्रहरी कार्यालय बागलुङका डीएसपी मदन केसीका अनुसार ढोरपाटन नगरपालिकाका उपमेयर धनबहादुर कायत नेतृत्वको टोलीले बुधबार इलाका प्रहरी कार्यालय बुर्तिबाङ घेराउ गरेको हो ।

मंगलबार साँझ छिमेकीसँग झगडा भएको भन्दै प्रहरीलाई खबर गरेपनि घटनास्थलमा प्रहरी नगएका कारण अदैको हत्या भएको स्थानीयकाे अाराेप छ ।  स्थानीयले प्रहरी प्रशासन मुर्दाबाद, हत्यारालाई तत्काल पक्राउ गरी फाँसी दे, शान्ति सुरक्षा कायम गर भन्दै नाराबाजी गरिरहेका छन् । हालसम्म इलाका प्रहरी कार्यालय बुर्तिबाङले पाँच जना स्थानीयलाई पक्राउ गरेको छ ।

घटनास्थलको मुचुल्का उठाउने तयारी भइरहेको र पोष्टमार्टमपछि घटनाको थप विवरण खुल्ने डिएसपी केसीको भनाइ छ ।

‘स्थानीयले हत्यारालाई कारबाही गर भन्दै प्रहरी कार्यालय घेराउ गर्नुभएको छ,’ उनले न्यूज खरीसँग भने, ‘घटनास्थलको मुचुल्का उठाउने र पोष्टमार्टमपछि थप अनुसन्धान हुन्छ, घटनास्थलमा म पनि जाँदैछु ।’

Screenshot 2023 05 17 105551 e1684302187930 https://newskhari.com/storage/2023/05/Screenshot-2023-05-17-105531-e1684301613661.png

तारिखेतमा छोरीको घरमा बस्दै आएका अदै मंगलबार साझ करिब ७ बजे बेपत्ता भएका थिए । साँझ नै परिवारले खोजी गरे पनि नभेटिएपछि प्रहरीलाई खबर गरेका थिए ।

स्थानीयका अनुसार साँझ खोजेकै ठाउँमा बिहान उनी मृत अवस्थामा भेटिएका थिए । मृतक अदै छोरीको घरमा बसी व्यावसायीक रुपमा भैसी पालन गर्दै आएका थिए ।

भिडिओ

यो समाचार पढेर कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

आफ्नो ईमेल हालेर न्युज खरीको सदस्यता लिनुहोला।

©2022 News Khari सर्वाधिकार सुरक्षित Site By : Shikhar Host

ताजा अपडेट

ट्रेन्डिङ

छुटाउनै नहुने

खोज्नुहोस

सम्पादक:

बिमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित

कम्पनी दर्ता नं : २९४४७३/०७९/०८०

सम्पादक:

विमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com newskhari@gmail.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित