बुर्तिबाङ छोरीको घरमा बस्दै आएका अदै मृत फेला, हत्याको आंशका

रमा क्षेत्री, बागलुङ । बागलुङको ढोरपाटन नगरपालिका-२ तारिखेतमा एक व्यक्ति मृत फेला परेका छन् । ढोरपाटन नगरपालिका -६ घर भएका ५५ वर्षीय चेबो अदै तारिखेतस्थित सिमीबारीमा मृत फेला परेको इलाका प्रहरी कार्यालय बुर्तिबाङका प्रहरी निरीक्षक राजेश अधिकारीले जानकारी दिए ।

उनका अनुसार तारिखेतमा छोरीको घरमा बस्दै आएका अदै मंगलबार साझ करिब ७ बजे बेपत्ता भएका थिए । साँझ नै परिवारले खोजी गरे पनि नभेटिएपछि प्रहरीलाई खबर गरेका थिए ।

स्थानीयका अनुसार साँझ खोजेकै ठाउँमा बिहान उनी मृत अवस्थामा भेटिएपछि हत्याका आंशका गरिएको छ ।

अहिले शव पोष्टमार्टमका लागि बुर्तिबाङ प्राथमिक स्वास्थ्य चौकीमा ल्याउने तयारी भइरहेको निरीक्षक अधिकारीले जानकारी दिए । मृतक अदै छोरीको घरमा बसी व्यावसायीक रुपमा भैसी पालन गर्दै आएका थिए ।

 

यो समाचार पढेर कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

आफ्नो ईमेल हालेर न्युज खरीको सदस्यता लिनुहोला।

©2022 News Khari सर्वाधिकार सुरक्षित Site By : Shikhar Host

ताजा अपडेट

ट्रेन्डिङ

छुटाउनै नहुने

खोज्नुहोस

सम्पादक:

बिमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित

कम्पनी दर्ता नं : २९४४७३/०७९/०८०

सम्पादक:

विमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com newskhari@gmail.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित