नयाँ स्टक एक्सचेन्जको लाइसेन्स रोकियो, ब्रोकरको रोकिएन

काठमाडौँ । नेपाल धितोपत्र बोर्डले नयाँ स्टक एक्सचेन्जको लाइसेन्स प्रक्रिया रोके पनि ब्रोकरको भने अघि बढाएको छ । स्टक र ब्रोकर लाइसेन्स वितरणमा भ्रष्टाचार भएको आरोप लाग्दै आएको छ ।

प्रधानमन्त्रीको निर्देशनपछि स्टकको लाइसेन्स प्रक्रिया रोकिएको छ, तर बोर्डले ब्रोकर लाइसेन्स वितरणको प्रक्रियालाई भने तीव्रता दिएको हो ।
बोर्डले २ असोजमा सूचना जारी गर्दै स्टक एक्सचेन्ज र ब्रोकर लाइसेन्सका लागि आवेदन माग गरेको थियो ।

ब्रोकर लाइसेन्सका लागि ३० दिन र नयाँ स्टक एक्सचेन्जका लागि ४५ दिनको समय दिएको थियो । तोकिएको अवधिमा स्टकका लागि तीनवटा र ब्रोकरका लागि ४६ वटा कम्पनीका आवेदन परे । लाइसेन्स वितरणमा नीतिगत भ्रष्टाचार भएको र त्यसको छानबिन गर्नुपर्ने आवाज संसद्देखि सडकसम्म उठेको छ ।

स्टकको लाइसेन्समा अनियमितता भएको गुनासो आएपछि सरकारले प्रक्रिया रोक्न बोर्डलाई निर्देशन दिइसकेको छ । बोर्डले स्टक लाइसेन्स वितरणको प्रक्रिया तत्काललाई रोकेको छ । तर, विरोध र विवादलाई बेवास्ता गर्दै ब्रोकर लाइसेन्स वितरणको प्रक्रियालाई भने निरन्तरता दिएको छ । नयाँ ब्रोकर लाइसेन्स वितरणविरुद्ध अख्तियारमा उजुरीसमेत परेको थियो ।

धितोपत्र दलाल अनुमतिपत्र आफैँले दिने गरी बोर्डले आवेदन आह्वान गर्नु धितोपत्रसम्बन्धी कानुन र धितोपत्र बजारको सिद्धान्तविपरीत रहेको उजुरीमा उल्लेख छ ।

यो समाचार पढेर कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

आफ्नो ईमेल हालेर न्युज खरीको सदस्यता लिनुहोला।

ताजा अपडेट

©2022 News Khari सर्वाधिकार सुरक्षित Site By : Shikhar Host

छुटाउनै नहुने

खोज्नुहोस

सम्पादक:

बिमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित

कम्पनी दर्ता नं : २९४४७३/०७९/०८०

सम्पादक:

विमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com newskhari@gmail.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित