मौसमी कामदारमाथि आर्थिक शोषण

काठमाडौं । मौसमी कामदारका लागि बेलायत गएका आप्रवासी श्रमिकहरुमाथि आर्थिक शोषण हुने गरेको छ ।
रोजगाका लागि नेपाल, बंगलादेशलगायतका देशबाट गएका आप्रवासी श्रमिकमाथि आर्थिक शोषण हुने गरेको हो ।

कामदारका रुपमा बेलायत जानेहरुसँग शुल्कको नाममा भारी रकम उठाइएको भन्दै आप्रवासी श्रमिकको अधिकारको पक्षमा काम गर्दै आएका संंस्थाहरुले बेलायती सरकारको ध्यानाकर्षण गराएका छन् ।

उनीहरुले रोजगारीका लागि पठाउने नाममा (विचौलिया)हरुले श्रमिकसँग आर्थिक शोषण गरिरहेको भन्दै बेलायती सरकारको ध्यानाकषर्ण गराएका हुन् ।

ती संस्थाहरुले बेलायतका आप्रवासन मामिला मन्त्री रोवर्ट जेनरिकलाई पठाएको पत्रमा बेलायतमा मौसमी कामदारको रुपमा जानेहरुले बिचौलियालाई धेरै रकम बुझाउने गरेको भनि उल्लेख गरेका छन् ।

दक्षिण एसियामा बंगलादेशी श्रमिकले चर्को भर्ना शुल्क तिर्रै आएको उनीहरुको भनाइ रहेको छ । बंगलादेश तथा अन्य देशको तथ्याङ्क विभागका अनुसार एकजना नागरिकले बेलायतमा रोजगारी प्राप्त गर्न ३२ सय पाउण्ड खर्च गर्ने गरेका छन् ।

श्रमिकको भर्ना शुल्क र लागत खर्च रोजगारदाताले नै व्यहोर्नुपर्ने अन्तर्राष्ट्रिय श्रम संगठनको कानुन भएकाले श्रमिक पठाउने मुलुकका भर्नाकर्ताले श्रमिकसँग कुनै शुल्क उठाउन नपाउने विषयलाई सुनिश्चित गर्न सरकारसँग माग गरेको छन् ।

यो समाचार पढेर कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

आफ्नो ईमेल हालेर न्युज खरीको सदस्यता लिनुहोला।

©2022 News Khari सर्वाधिकार सुरक्षित Site By : Shikhar Host

ताजा अपडेट

ट्रेन्डिङ

छुटाउनै नहुने

खोज्नुहोस

सम्पादक:

बिमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित

कम्पनी दर्ता नं : २९४४७३/०७९/०८०

सम्पादक:

विमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com newskhari@gmail.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित