दार्चुलामा चट्याङ लागेर घाइते भएका ३ जना यार्सा संकलकको ४ दिनपछि हेलिकोप्टरबाट उद्धार

काठमाडौं । दार्चुलामा चट्याङ लागेर घाइते भएका तीन जना यार्सा संकलकको चार दिनपछि उद्धार गरिएको छ । ‌आज उनीहरुलाई नेपाली सेनाको हेलिकोप्टर बाट उद्धार गरी उपचारका लागि नेपालगञ्ज लगिएको हो।

दार्चुला को व्याँस गाउँपालिका–२ हुँम्दुङती वन स्थित पाटनमा चट्याङ लागेर घाइते भएका दुँहु गाउँपालिका–२ हिकिलाका १८ वर्षीय महेश बडाल,दुहुँ गा पा १ बास्पालि का ३७ वर्षीय आन सिंह महरा र उनकी ३० वर्षीया श्रीमती मानमती महरा लाई उपचार का लागी नेपाली सेना को हेलिकप्टर बाट नेपालगञ्ज लगिएको जिल्ला प्रहरी कार्यालय दार्चुला ले जानकारी दिएको छ । ‌ ‌

गत शनिबार राती चट्याङ लागेर उनीहरु घाइते भएका थिए। बाटो अप्ठेरो दुर्गम ठाउँ र मौसम खराबी का कारण उद्धार मा ढिलाइ भएको प्रहरी को भनाई रहेको छ ।

यो समाचार पढेर कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

आफ्नो ईमेल हालेर न्युज खरीको सदस्यता लिनुहोला।

ताजा अपडेट

ट्रेन्डिङ

©2022 News Khari सर्वाधिकार सुरक्षित Site By : Shikhar Host

छुटाउनै नहुने

खोज्नुहोस

सम्पादक:

बिमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित

कम्पनी दर्ता नं : २९४४७३/०७९/०८०

सम्पादक:

विमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com newskhari@gmail.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित