अबदेखि ‘एनओसी’ लिन लाइन बस्नुनपर्ने, अनलाइनबाटै प्रिन्ट गर्न सकिने

काठमाडौं । वैदेशिक अध्ययनका लागि चाहिने ‘नो अब्जेक्सन लेटर’ (एनओसी) अब अनलाइनबाटै पाइने भएको छ । सोमबार शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री अशोक राईले सो कुराको शुभारम्भ गरेका छन् ।

एनओसी लिन चाहने विद्यार्थीले अनलाइनमा निवेदन भर्नुपर्ने हुन्छ । विद्यार्थीले राष्ट्रिय परीक्षा बोर्ड र विश्वविद्यालयको शैक्षिक प्रमाणपत्र, अफर लेटर र योग्यतालगायतका विषय अनलाइनबाटै पेश गर्नुपर्ने हुन्छ ।

एनओसीका लागि बुझाउनुपर्ने दस्तुर बैंकबाटै बुझाउने र भौचर पनि अनलाइनबाट पेश गर्नुपर्ने व्यवस्था गरिएको छ । विद्यार्थीले पेश गरेको निवेदन विभिन्न युनिटले अनलाइनबाटै हेर्ने सहसचिव बासुदेव वस्तीले न्यूज खरीलाई जानकारी दिए ।

उनका अनुसार निवेदकले आफू बसेको स्थानबाटै विद्युतीय प्रविधिबाट आवश्यक कागजात अपलोड गर्न सक्ने छन् र उक्त विवरण रुजु गरी सो को विवरण तत्काल एसएमएस मार्फत सूचीत गरिनेछ । साथै सम्पूर्ण प्रक्रिया पूरा भएपछि अनलाइनमै एनओसी उपलब्ध हुने भएको छ ।

वार्षिक ६५ हजार विद्यार्थीले नो अब्जेक्सन लेटर (एनओसी) लिएको मन्त्रालयको तंथ्याकले देखाउँछ ।

1684158472 271051454 1684156069002 1 https://newskhari.com/storage/2023/05/Screenshot-2023-05-15-195200.png

यो समाचार पढेर कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

आफ्नो ईमेल हालेर न्युज खरीको सदस्यता लिनुहोला।

©2022 News Khari सर्वाधिकार सुरक्षित Site By : Shikhar Host

ताजा अपडेट

ट्रेन्डिङ

छुटाउनै नहुने

खोज्नुहोस

सम्पादक:

बिमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित

कम्पनी दर्ता नं : २९४४७३/०७९/०८०

सम्पादक:

विमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com newskhari@gmail.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित