काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा संलग्न भएको आरोपमा पक्राउ परेका एमाले नेता तथा सांसद टोपबहादुर रायमाझी निलम्बनमा परेका छन्।
यसअघि एमाले सचिव पदबाट निलम्बित भएका उनलाई सोमबार सांसद पदबाट पनि निलम्बन गरिएको छ। उनी आइतबार साँझ पक्राउ परेका थिए।
जिल्ला प्रहरी परिसले सोमबार संसद् सचिवालयमा रायमाझी पक्राउको पत्रसहित जानकारी गराएको थियो। संसद् सचिवालयले उनको पक्राउबारेको जानकारी सभामुखलाई उपलब्ध गराइएको थियो। सभामुखले उक्त पत्र संसद्मा पढेर सुनाएका छन्।