नक्कली भुटानी शरणार्थी प्रकरणको निष्कर्ष आओस् भन्‍नेमा आतुर छु : आरजु राणा

काठमाडौँ । कांग्रेस केन्द्रीय सदस्य आरजु राणा देउवाले नक्कली भुटानी शरणार्थी प्रकरणको अन्तिम निष्कर्ष आओस् भनेर आफू आतुर रहेको बताएकी छन् । प्रतिनिधिसभाको सोमबारको बैठकमा विशेष समय लिएर बोल्दै सांसद राणाले आफ्नो चरित्रहत्या गरिएको पनि बताएकी छन् ।

नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका लैजाने प्रकरणमा को-को दोषी हुन् भन्नेबारे चाँडो छानबिन हुनुपर्ने राणाको भनाइ थियो । उनले नक्कली भुटानी शरणार्थी प्रकरणमा को दोषी हो, को होइन प्रष्टसँग आओस् भन्ने आफ्नो माग रहेको बताइन् ।

त्यसको सत्यतथ्य चाँडै नै उजागर गर्न माग गर्दछु । यो केसको अन्तिम रिपोर्टका लागि म भन्दा आतुर कोही छैन, उनले भनिन् । उनी पूर्वप्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवाकी श्रीमती पनि हुन् । आफूलाई विदेश गएको भनेर लेखिएका समाचारप्रति पनि आरजू राणाको आपत्ति थियो ।

यो समाचार पढेर कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

आफ्नो ईमेल हालेर न्युज खरीको सदस्यता लिनुहोला।

ताजा अपडेट

©2022 News Khari सर्वाधिकार सुरक्षित Site By : Shikhar Host

छुटाउनै नहुने

खोज्नुहोस

सम्पादक:

बिमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित

कम्पनी दर्ता नं : २९४४७३/०७९/०८०

सम्पादक:

विमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com newskhari@gmail.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित