नेपालमा ‘मोका’ नामक चक्रवातको प्रभाव, तीन दिनसम्म हावाहुरीसहितको वर्षा हुने

काठमाडौं । काठमाडौं उपत्यकासहित देशका धेरै ठाउँमा ठूलो हावाहुरीसहित असिना पानी परिरहेको छ । बङ्गालको खाडीमा विकसित भएको ‘मोका’ नामक चक्रवात र पश्चिमी वायु तथा स्थानीय वायुको प्रभावका कारण मौसम बदली भएकाले चट्याङ, गड्याङगुडुङ र हावाहुरीसहित असिना पानी परिरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाका अनुसार आज, भोलि र पर्सि तीन दिन पहाडी क्षेत्रको मौसम बदली हुनेछ । यी प्रणालीको प्रभाव आजभन्दा भोलि र पर्सि अझ धेरै पर्ने देखिएको छ । मोका चक्रवातको प्रभाव अहिलेसम्म नेपालमा नपरे पनि अहिलेदेखि पर्न थालेको मौसमविद् प्रतिभा मानन्धरले जानकारी दिइन् । पूर्वी क्षेत्रमा यो चक्रवातको प्रभाव धेरै पर्ने देखिएको उनले बताइन् ।

पश्चिमी क्षेत्रमा भने पश्चिमी वायु र स्थानीय वायुको प्रभावका कारण पानी पर्ने अनुमान गरिएको हो । चक्रवात, पश्चिमी वायु र स्थानीय वायुको प्रभाव तराईका जिल्लामा खासै नपर्ने देखिएकाले त्यहाँको मौसम सामान्यतया सफा नै रहने मौसमविद्ले बताएका छन् ।

यो समाचार पढेर कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

आफ्नो ईमेल हालेर न्युज खरीको सदस्यता लिनुहोला।

©2022 News Khari सर्वाधिकार सुरक्षित Site By : Shikhar Host

ताजा अपडेट

ट्रेन्डिङ

छुटाउनै नहुने

खोज्नुहोस

सम्पादक:

बिमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित

कम्पनी दर्ता नं : २९४४७३/०७९/०८०

सम्पादक:

विमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com newskhari@gmail.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित