संसदीय समितिमा ६ दल सहभागी, कुन दलबाट कति सांसद ?

काठमाडौं । संसदको संसदीय सुनुवाइ समितिमा ६ दलको सहभागी हुने भएको छ ।

आइतबार बसेको कार्यव्यवस्था परामर्श समितिको बैठकले विभिन्न दलबाट समितिमा रहने सांसदहरूको संख्या टुंगो लगाएको हो। नेकपा माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डेका अनुसार सुनुवाइ समितिमा नेपाली कांग्रेस र एमालेका समान ५-५ जना सांसद हुने भएका छन्।

त्यस्तै माओवादी केन्द्रबाट २, राष्ट्रिय स्वतन्त्र पार्टी र जनता समाजवादी पार्टीले १-१ सदस्य पाएका छन्। तीन दलका शीर्ष नेताहरूबीच आजै संसदीय सुनुवाइ समितिको सभापति नेपाली कांग्रेसले पाउने टुंगो भएको छ।

समितिले संवैधानिक अंगका पदाधिकारी र विभिन्न देशका राजदूतहरूको नियुक्तिका लागि भएको सिफारिसमा सुनुवाइ गर्छ।सिफारिस संसदीय समितिबाट अनुमोदन भएपछि सम्बन्धित पदमा नियुक्ति हुन्छ।

 

यो समाचार पढेर कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

आफ्नो ईमेल हालेर न्युज खरीको सदस्यता लिनुहोला।

ताजा अपडेट

ट्रेन्डिङ

©2022 News Khari सर्वाधिकार सुरक्षित Site By : Shikhar Host

छुटाउनै नहुने

खोज्नुहोस

सम्पादक:

बिमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित

कम्पनी दर्ता नं : २९४४७३/०७९/०८०

सम्पादक:

विमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com newskhari@gmail.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित