धौलागिरीको बेसक्याम्पमा फेरि अर्को शव फेला

मुस्ताङ । धौलागिरी आधार शिविरको झन्डै ५ हजार मिटर उचाइमा एक जनाको शव फेला परेको छ । गत असोज २० गते धौलागिरी आधार शिविरमा बेपत्ता भएकाको शव शनिबार बिहान फेला परेको हो।

फेला परेको शव सिन्धुपाल्चोक जिल्ला लिपा १ बस्ने २७ वर्षीय देव लामाको रहेको शव उद्दारमा प्रत्यक्ष खटिएका पर्यटनकर्मी इन्द्रसिंह शेरचनले जानकारी दिए ।

उनी ७ महिनाअघि फोर सिजन ट्रेकिङ एजेन्सी कम्पनी मार्फत विदेश पर्यटक लिएर धौलागिरी आधार शिविर पुगेका थिए। प्रतिकुल मौसमका कारण उनी बेपत्ता भएका पर्यटनकर्मी शेरचनले बताए।

धौलागिरी आधार शिविरको फ्रेन्च पास क्षेत्रमा नेपाली सेनाको हेलीमार्फत शुक्रबार शवको खोजी अघि बढाइएको थियो। खोजी कार्यमा संलग्न नेपाली सेनाको टोलीले विशेष उपकरणको सहायताले बेपत्ता शव पत्ता लगाइएको थियो।

फ्रेन्च पासमा ५ फिट मुनि हिउँ भित्र गाडिएको अवस्थामा रहेको शव बाहिर निकालिएको शेरचनले बताए। अहिले शवलाई नेपाली सेनाको हेलीले पोखरा हुँदै काठमाडौंस्थित टिचिङ अस्पतालमा लगेको शेरचनले जानकारी दिए।

यसअघि गत बैशाख १२ गते पनि एक जना पर्यटक भरियाको शव फेला परेको थियो।

यो समाचार पढेर कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

आफ्नो ईमेल हालेर न्युज खरीको सदस्यता लिनुहोला।

©2022 News Khari सर्वाधिकार सुरक्षित Site By : Shikhar Host

ताजा अपडेट

ट्रेन्डिङ

छुटाउनै नहुने

खोज्नुहोस

सम्पादक:

बिमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित

कम्पनी दर्ता नं : २९४४७३/०७९/०८०

सम्पादक:

विमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com newskhari@gmail.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित