ट्विटरको नयाँ सिईओमा लिन्डा याकरिनो

एजेन्सी । इलोन मस्कले ट्विटरको नयाँ सीईओको नाम घोषणा गरेका छन्। एनबीसी युनिभर्सलकी पूर्व विज्ञापन प्रमुख लिन्डा याकरिनोलाई उनले ट्विटरको सीईओ बनाएका हुन्।

करिब ६ हप्तापछि उनले नयाँ कार्यभार सम्हाल्ने बताइएको छ । मस्कले ट्विटरमार्फत यसको घोषणा गरेका छन्। एक दिनअघि नै उनले नयाँ सीईओ फेला पारेको बताएका थिए। तर, नाम खुलाएका थिएनन्।

मस्कले आफू ट्विटरको कार्यकारी अध्यक्ष र चिफ टेक्नोलोजी अफिसर रहने बताएका छन्। याकरिनोले बिजनेस हेर्ने र आफूले प्रडक्ट डिजाइन तथा नयाँ प्रविधि हेर्ने उनको भनाइ छ।

एनबीसी युनिभर्सलमा १२ वर्ष बिताएकी याकरिनोले तत्कालै सो पद छाडेको बताइएको छ।

सो कम्पनीमा उनी २०११ मा नियुक्त भएकी थिइन्। उनले विज्ञापनको क्षेत्रमा ट्विटरलाई निकै ठूलो फाइदा पुर्याउने अपेक्षा गरिएको छ।

 

यो समाचार पढेर कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

आफ्नो ईमेल हालेर न्युज खरीको सदस्यता लिनुहोला।

©2022 News Khari सर्वाधिकार सुरक्षित Site By : Shikhar Host

ताजा अपडेट

ट्रेन्डिङ

छुटाउनै नहुने

खोज्नुहोस

सम्पादक:

बिमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित

कम्पनी दर्ता नं : २९४४७३/०७९/०८०

सम्पादक:

विमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com newskhari@gmail.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित