नक्कली शरणार्थी प्रकरण : टोपबहादुर रायमाझीलाई खोज्न प्रहरी दिल्लीमा

काठमाडौं । नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने ठगी धन्दाको अनुसन्धानका क्रममा प्रहरीले १२ जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा तत्कालीन गृहमन्त्री बालकृष्ण खाँण, सचिव टेकनारायण पाण्डे, पूर्व गृहमन्त्री रामबहादुर थापा ‘बादल’का सुरक्षा सल्लाहकार इन्द्रजीत राई लगायत छन् ।

अन्य हाई–प्रोफाइलको नाम समेत मुछिए पनि प्रहरीले प्रमाणबाट पुष्टि भएकाहरूलाई मात्र पक्राउ गरिरहेको छ । पक्राउ नपरेकाहरू पनि अनुसन्धानको दायरामा छन् ।

पक्राउ पुर्जी जारी भइसके पनि पूर्वमन्त्री एवं एमाले सचिव टोपबहादुर रायमाझी पक्राउ परेका छैनन् । उनका छोरा सन्दीप रायमाझीलाई भने प्रहरीले पक्राउ गरिसकेको छ ।

अर्घाखाँचीको महेन्द्र विद्योदय माध्यमिक विद्यालयको हिरक जयन्तीमा सभामुखसँगै देखिएका टोपबहादुर भैरहवा झरेपछि सम्पर्कविहीन भएका हुन् । भैरहवाबाट काठमाडौं आउँदै गरेको सूचना आएपछि प्रहरी ढुक्क भएर बसेको थियो । तर, उनी काठमाडौं आएको पुष्टि हुन सकेन । टोपबहादुर भारततर्फ भागेको हुन सक्ने आशंका पनि यसबीचमा भइरहेको छ ।

‘भैरहवालगायतका ठाउँहरूमा हामीले खोजी गरिसकेका छौं, तर उहाँ भेटिनुभएको छैन, एक प्रहरी अधिकृतले भने, ‘उहाँ भारततर्फ गएको हुन सक्ने आशंका समेत छ ।’

भारत छिर्ने रुपन्देही, कपिलवस्तु, दाङलगायतका नाकाहरूमा प्रहरीले सर्च गरिसकेको छ । सीसीटीभी फूटेज अनुसन्धान गर्दा पनि कुनै सुराक मिल्न सकेको छैन । उनी भारततर्फ गएको हुनसक्ने आशंकामा दुई अधिकृतसहित सादा पोशाकका प्रहरीहरूको एक टोली भारतर्फ गएको छ ।

‘औपचारिक रूपमा त्यता गएर पक्राउ गर्न मिल्दैन,’ उच्च प्रहरी स्रोतले भन्यो, ‘भारतीय प्रहरीसँग समन्वय गरेर खोजीका लागि उक्त टोली बिहान ८ बजे दिल्ली प्रस्थान गरेको हो ।’

यो समाचार पढेर कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

आफ्नो ईमेल हालेर न्युज खरीको सदस्यता लिनुहोला।

©2022 News Khari सर्वाधिकार सुरक्षित Site By : Shikhar Host

ताजा अपडेट

ट्रेन्डिङ

छुटाउनै नहुने

खोज्नुहोस

सम्पादक:

बिमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित

कम्पनी दर्ता नं : २९४४७३/०७९/०८०

सम्पादक:

विमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com newskhari@gmail.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित