काठमाडाैँ । मुख्यमन्त्री नियुक्त भएको दुई सातापछि गण्डकी प्रदेश सरकारले पूर्णता पाएको छ। सुरेन्द्रराज पाण्डेको नेतृत्वमा रहेको प्रदेश सरकारमा शुक्रबार चार जना मन्त्री नियुक्त भएका छन्। चार मन्त्री थपिएसँगै सात सदस्यीय प्रदेश सरकार बनेको छ। आज नेपाली कांग्रेसबाट दुई तथा नेकपा (माओवादी केन्द्र) र नेकपा (एकीकृत समाजवादी)बाट एक-एक जना मन्त्री थपिएका हुन्।
कांग्रेसबाट नवलपुरका महेन्द्रध्वज जीसी र बागलुङका दिपेन्द्रबहादुर थापा मन्त्री बनेका छन्। त्यस्तै, एकीकृत समाजवादीबाट राजीव गुरुङ (दीपक मनाङे) र माओवादीबाट रेशमबहादुर जुग्जाली मन्त्री नियुक्त भएका छन्। चारै जना मन्त्रीको शपथ आजै अपराह्न गर्ने तयारी रहेको छ।