पाकिस्तानमा इमरान खान पक्राउपछि भएको हिंसात्मक झडपमा १० जनाको मृत्यु, १९ सय जना पक्राउ

एजेन्सी । पूर्वप्रधानमन्त्री इमरान खानलाई पक्राउ गरेपछि भएको हिंसात्मक प्रदर्शनमा पाकिस्तानमा अहिलेसम्म १० जनाको मृत्यु भएको छ।

खान पक्राउ परेपछि उनको पार्टी पाकिस्तान तहरीक–ए–इन्साफ पार्टी (पीटीआई)ले देशभर विरोध गर्दै हिंसात्मक प्रदर्शन गरेको थियो। बिहीबारसम्म आइपुग्दा अहिलेसम्म १० जनाको मृत्यु भएको बीबीसीले जनाएको छ।उसका अनुसार पीटीआईका सात नेताविरुद्ध हत्या, डकैती, सरकारी सम्पत्तिमा क्षति पुर्याएको आरोपमा मुद्दा दर्ता गरिएको छ। उनीहरूमाथि १५ करोडभन्दा बढिको सम्पत्तिमा क्षति पुर्याएको आरोप लगाइएको छ।

यस्तै प्रहरीले अहिलेसम्म १९ सय प्रदर्शनकारीलाई पक्राउ गरेको छ। पीटीआई अध्यक्ष परवेज इलाहीको अन्तरिम जमानतको रिटलाई पनि अदालतले खारेज गरिदिएको छ।त्यसैगरी बिहीबार नै इमरान खानलाई आठ दिनको हिरासतमा बस्ने पक्का भएसँगै प्रहरीले नेशनल अकाउन्टबिलिटी ब्यूरोलाई जिम्मा लगाएको छ।

यो समाचार पढेर कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

आफ्नो ईमेल हालेर न्युज खरीको सदस्यता लिनुहोला।

©2022 News Khari सर्वाधिकार सुरक्षित Site By : Shikhar Host

ताजा अपडेट

ट्रेन्डिङ

छुटाउनै नहुने

खोज्नुहोस

सम्पादक:

बिमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित

कम्पनी दर्ता नं : २९४४७३/०७९/०८०

सम्पादक:

विमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com newskhari@gmail.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित