सिम्रन थापा आत्महत्या प्रकरण : चितवन मेडिकल कलेजका दुई शिक्षक निलम्बन

काठमाडौँ । चितवन मेडिकल कलेजका २ जना शिक्षक निलम्बनमा परेका छन् । बिडीएस चौथो वर्षमा अध्ययनरत विद्यार्थी सिम्रन थापाले आत्महत्या गरेपछि कलेजले दुई जना शिक्षकलाई निलम्बन गरेको हो ।

डा‍.हरेन्द्र सिंह र डा.अभिषेक गुप्तालाई कलेजले निलम्बन गरेको हो । परीक्षा हलबाट निकालेपछि थापाले आत्महत्या गरेकी थिइन् ।
मृतकका परिवारले सिंह र गुप्ताविरुद्ध आत्महत्या दुरूत्साहनको मुद्दा दायर गरेका छन् । त्यसपछि कलेजले निलम्बन गरेको हो ।

बुधबार दिउँसो परीक्षा दिइरहेकी थापालाई चिट चोरेको भन्दै परीक्षा हलबाट निकालेका थिए । त्यसपछि कलेज नजिकै रहेको आफ्नै कोठामा झुण्डिएर आत्महत्या गरेकी थिइन् । उक्त घटनापछि विद्यार्थीहरूले मेडिकल कलेजको ओपिडी सेवा बन्द गरेका छन् ।

घटनापछि कलेजले निष्पक्ष छानबिनका लागि जिल्ला प्रहरी कार्यालयलाई अनुरोध गरेको थियो । प्रहरीले उक्त घटनाका विषयमा अनुसन्धान थालेको छ ।

यो समाचार पढेर कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

आफ्नो ईमेल हालेर न्युज खरीको सदस्यता लिनुहोला।

©2022 News Khari सर्वाधिकार सुरक्षित Site By : Shikhar Host

ताजा अपडेट

ट्रेन्डिङ

छुटाउनै नहुने

खोज्नुहोस

सम्पादक:

बिमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित

कम्पनी दर्ता नं : २९४४७३/०७९/०८०

सम्पादक:

विमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com newskhari@gmail.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित