एमाले बैठक : आज चार आयोग र तीन प्रदेशको समीक्षात्मक रिपोर्ट पेश

काठमाडौं । नेकपा एमालेको केन्द्रीय कमिटीको बैठकले पार्टीको सचिवालयले बैठकमा पेश गरेको कार्यसूची अनुमोदन गरेको छ ।
बैठकको पहिलो दिन अध्यक्ष ओलीको प्रतिवेदन पेश गर्नका साथै भुटानी शरणार्थी प्रकरण, अर्थतन्त्र, पछिल्ला समसामयिक राजनीतिक परिवेशको बारेमा ब्रिफिङ गरेको प्रवक्ता पृथ्वीसुब्बा गुरुङले बताए ।

सम्बोधनको क्रममा अर्थतन्त्र उकास्ने विषयमा सरकारको कुनै तयारी नभएको चर्चा गरेको उनको भनाइ छ ।

यस्तै, बैठकमा केन्द्रीय सल्लाहकार परिषद्को अध्यक्ष आफ्नो सुझाव सल्लाह पेश गरेको बताए । अनुशान आयोगका अध्यक्ष केशव बडालले पार्टीभित्रको अनुशासनको स्थितिबारे, पार्टीको लेखा परिषद्को अध्यक्ष डा.पुष्प कँडेलले पार्टी आर्थिक प्रणालीको बारे र केन्द्रीय निर्वाचन आयोगको अध्यक्ष विजय सुब्बाले निर्वाचनको सम्बन्धमा बैठकलाई जानकारी गराएको बताए ।

यस्तै, मिसन ग्रासरुट अभियानको समीक्षाअन्तर्गत सुदूरपश्चिमका संयोजक लेखराज भट्टले, कर्णालीको सचिव योगेश भट्टराईले, कोशी प्रदेशको राजेन्द्र गौतमले रिपोर्ट प्रस्तुत गरेको बताए । अन्य प्रदेशको भोलिको बैठकमा पेश गरिने गुरुङले जानकारी दिए ।

यो समाचार पढेर कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

आफ्नो ईमेल हालेर न्युज खरीको सदस्यता लिनुहोला।

©2022 News Khari सर्वाधिकार सुरक्षित Site By : Shikhar Host

ताजा अपडेट

ट्रेन्डिङ

छुटाउनै नहुने

खोज्नुहोस

सम्पादक:

बिमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित

कम्पनी दर्ता नं : २९४४७३/०७९/०८०

सम्पादक:

विमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com newskhari@gmail.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित