टेकुमा डीएसपीहरु बस्ने कोठा पूर्वगृहमन्त्री बालकृष्ण खाँणको हिरासत

काठमाडौं । नेपाली नागरिकलाई शरणार्थी बनाएर अमेरिका पठाउँछु भन्ने गिरोहलाई सहयोग गरेको आरोपमा पक्राउ परेका पूर्वगृहमन्त्री बालकृष्ण खाँणलाई जिल्ला प्रहरी परिसर, टेकुले छुट्टै कोठामा राखेको छ ।

अरु बेला प्रहरी नायब उपरीक्षक (डीएसपी) हरु बस्ने कोठामा उनलाई राखिएको हो । कोठाभित्र राखेर बाहिरबाट चुकुल लगाइएको छ । बाहिरपट्टी उनलाई रुंग्न दुई जना प्रहरी बसेका छन् ।

जिल्ला प्रहरी परिसर, काठमाडौंका प्रमुख एसएसपी दानबहादुर कार्की स्वास्थ्य सम्बन्धी समस्याका कारण विशेष व्यवस्था गर्न म्याद थप हुँदा आदेश भएको बताउँछन् ।

‘तर जिल्ला प्रहरी परिसर, टेकुमा त्यस्तो विशेष व्यवस्था केही छैन,’ उनले भने, ‘यहीँ भएको एउटा छुट्टै कोठामा राखेका छौं।’ हिरासतमा नक्कली शरणार्थी प्रकरणमा मुछिएका व्यक्तिहरु भएकाले एकैठाउँमा सबैलाई राख्नु उपयुक्त पनि नहुने प्रहरी अधिकृतहरु बताउँछन् ।

यो समाचार पढेर कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

आफ्नो ईमेल हालेर न्युज खरीको सदस्यता लिनुहोला।

ताजा अपडेट

ट्रेन्डिङ

©2022 News Khari सर्वाधिकार सुरक्षित Site By : Shikhar Host

छुटाउनै नहुने

खोज्नुहोस

सम्पादक:

बिमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित

कम्पनी दर्ता नं : २९४४७३/०७९/०८०

सम्पादक:

विमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com newskhari@gmail.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित