विश्वकप छनोटअघि नेपाली क्रिकेट टिमले दक्षिण अफ्रिकामा १० दिन तयारी गर्ने

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टिमले जिम्बावेमा हुने आईसीसी क्रिकेट पुरुष विश्वकप छनोटको तयारी दक्षिण अफ्रिकामा गर्ने भएको छ । १० दिन दक्षिण अफ्रिकामा तयारी गर्ने भएको हो । यसका लागि टोली जुन पहिलो साता त्यस तर्फ प्रस्थान गर्ने छ ।

अहिले भिसा प्रक्रिया भइरहेको बताइएको छ । दक्षिण अफ्रिका भ्रमणमा रहँदा नेपालले स्कटल्याण्ड र नेदरल्याण्ड्ससँग अभ्यास खेल खेल्ने तयारी रहेको पनि केट संघ क्यानका अध्यक्ष चतुरबहादुर चन्दले जानकारी दिए ।

दक्षिण अफ्रिका र जिम्बावेको कन्डिसन उस्तै हुने भएकोले नेपाललाई त्यहाँको तयारीले सहयोग पुग्ने क्यानको विश्वास छ ।फाइनल पुग्ने शीर्ष दुई टोलीले आगामी अक्टोबर नोभेम्बरमा भारतमा हुने विश्वकपमा स्थान बनाउनेछन् । विश्वकप छनोट खेल्ने १० वटै टोलीको टुङ्गो लागिसकेको छ जहाँ चार टेष्ट राष्ट्र र नेपालसहित ६ एसोसिएट राष्ट्र छन् ।

यो समाचार पढेर कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

आफ्नो ईमेल हालेर न्युज खरीको सदस्यता लिनुहोला।

©2022 News Khari सर्वाधिकार सुरक्षित Site By : Shikhar Host

ताजा अपडेट

ट्रेन्डिङ

छुटाउनै नहुने

खोज्नुहोस

सम्पादक:

बिमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित

कम्पनी दर्ता नं : २९४४७३/०७९/०८०

सम्पादक:

विमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com newskhari@gmail.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित