काठमाडौं । ‘जिउँदो सहिद’ मुकेश कायस्थको शव श्रद्धाञ्जली अर्पणका लागि बनेपा नगरपालिकामा राखिएको छ । स्वास्थ्य मन्त्री मोहान बहादुर बस्नेत, पूर्व सूचना तथा सञ्चारमन्त्री गोकुल बाँस्कोटा, प्रदेश सांसद कञ्चन चन्द्र बादे लगायतले श्रद्धाञ्जली अपर्ण गरेका छन् ।
त्यस्तै, अन्तिम श्रद्धाञ्जीको लागि सरकारकोतर्फबाट संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री अमन लाल मोदीले आउ“दै गरेको मुकेश फाउन्डेसनका अध्यक्ष हिरा शर्मा नेपालले बताए ।
श्रद्धाञ्जली अर्पणका लागि मुकेशको शव आज बिहान ११ : ३० बजेदेखि दिउँसो २ बजेसम्म बनेपा नगरपालिकामा राखिने मुकेश कायस्थ फाउन्डेसनका अध्यक्ष हिरा शर्मा नेपालले जानकारी दिए । उनका अनुसार, दिउँसो २ बजेपछि मुकेशको शव नगर परिक्रमा गरी आजै अन्त्यष्टि गरिनेछ ।