एमाले केन्द्रीय कमिटी बैठक सुरु

काठमाडौं । नेकपा एमालेको केन्द्रीय कमिटीको बैठकमा अध्यक्ष केपी शर्मा ओलीलेसहित छुट्टाछुट्टै १२ वटा प्रतिवेदन पेश हुने भएका छन् । पार्टी केन्द्रीय कार्यालय च्यासलमा बिहीबारबाट सुरु भएको बैठकमा अध्यक्ष केपी शर्मा ओलीले समसामयिक राजनीतिक प्रतिवेदन पेस गर्नेछन् भने ग्रासरुट अभियान अन्र्तगत नौ वटा प्रतिवेदन पेस हुनेछन् ।

मिसन ग्रासरुट अभियानका लागि सातै प्रदेशमा एमालेले गठन गरेको अभियानका प्रदेश सयोजक रहेका पार्टी सचिवहरुले आ–आफ्ना प्रदेशको प्रतिवेदन पेस गर्नेछन् ।

त्यसबाहेक २ वटा प्रतिवेदन गैरभौगोलिक प्रदेश कमिटीका तर्फबाट पनि पेस हुने एमाले केन्द्रीय सदस्य तथा प्रचार विभाग उपप्रमुख विष्णु रिजालले जानकारी दिए । अनुशासन आयोग, लेखा आयोग र निर्वाचन आयोगले पनि छुट्टाछुट्टै प्रतिवेदनहरु पेस गर्ने कार्यसूची रहेको छ । वैशाख ३० गते तीन दिनसम्म सञ्चालन हुने बैठकमा विभिन्न १० वटा कार्यसूचीमा छलफल हुने एमाले केन्द्रीय सदस्य नीरज आचार्यले जानकारी दिए । आचार्यका अनुसार सबै प्रतिवेदनमाथि समूहगत छलफल हुनेछ ।

यो समाचार पढेर कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

आफ्नो ईमेल हालेर न्युज खरीको सदस्यता लिनुहोला।

ताजा अपडेट

ट्रेन्डिङ

©2022 News Khari सर्वाधिकार सुरक्षित Site By : Shikhar Host

छुटाउनै नहुने

खोज्नुहोस

सम्पादक:

बिमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित

कम्पनी दर्ता नं : २९४४७३/०७९/०८०

सम्पादक:

विमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com newskhari@gmail.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित