छोराले चलाएको मोटरसाइकल दुर्घटनामा आमाको मृत्यु

विराटनगर । मोरङमा मोटरसाइकल दुर्घटना हुँदा एक महिलाको ज्यान गएको छ । मृत्यु हुनेमा स्थानीय ५० वर्षकी मानकीदेवी साह रहेकी छन् ।
जिल्ला ट्राफिक प्रमुख प्रहरी निरीक्षक सुनिलकुमार श्रेष्ठका अनुसार प्रदेश १-०२-०४९ प ७८३६ नम्बरको मोटरसाइकल आफैँ अनियन्त्रित भएर दुर्घटनामा परेको हो ।

मोटरसाइकल मानकीदेवीका २९ वर्षका छोरा दिनेशकुमार साहले चलाएका थिए । मोटरसाइकलको पछाडि सवार आमा मानकीदेवी दुर्घटनामा गम्भीर घाइते भएकी थिइन् । उनको विराटनगरस्थित गोल्डेन अस्पतालमा उपचारको क्रममा ज्यान गएको हो । दुर्घटनामा दिनेशकुमार भने सामान्य छन् र उनीमाथि अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ ।

 

यो समाचार पढेर कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

आफ्नो ईमेल हालेर न्युज खरीको सदस्यता लिनुहोला।

©2022 News Khari सर्वाधिकार सुरक्षित Site By : Shikhar Host

ताजा अपडेट

ट्रेन्डिङ

छुटाउनै नहुने

खोज्नुहोस

सम्पादक:

बिमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित

कम्पनी दर्ता नं : २९४४७३/०७९/०८०

सम्पादक:

विमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com newskhari@gmail.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित