धादिङ । धादिङको गल्छी गाउँपालिका–८ मा एक युवकको धारिलो हतियार प्रयोग गरी हत्या भएको छ । होटलमा सामान्य विवाद हुँदा स्थानीय निरज पण्डितले खुकुरी प्रहार गरी विनोद थापा मगर गम्भीर घाइते भएका थिए ।
उपचारका लागि काठमाडौं ल्याउँदै गर्दा थापाको बाटोमै मृत्यु भएको धादिङ प्रहरी प्रमुख गौतम मिश्रले जानकारी दिए । हत्यामा संलग्न भएको आरोपमा प्रहरीले पण्डितसहित ६ जनालाई पक्राउ गरेको छ ।
स्थानीयले घटनाको विरोधमा गल्छी–मैलुङ सडक बन्द गराएका छन् । बन्दकर्ताले एउटा गाडीमा आगजनीसमेत गरेका छन् । बन्द सडक खुलाउन प्रयास भइरहेको छ ।