बाजुरा । बाजुरा केन्द्रविन्दु भएर आज बिहान भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार बिहान ५:१५ बजे ४.३ म्याग्निच्युडको भूकम्प गएको हो।
बिछ्यामदना आसपास केन्द्रविन्दु बनाएको भूकम्प गएको हो। यसअघि बाजुरा केन्द्रविन्दु भएर वैशाख २१ गते ,१५ गते, १४ गते, १० गतेपनि ४ म्याग्निच्युड भन्दामाथिको भूकम्प गएको थियो ।
खानी तथा भूगर्भ विभागले तयार पारेको भूकम्पीय जोखिम नक्सामा पश्चिम नेपालमा भूकम्पको बढी जोखिमयुक्त क्षेत्र रहेको उल्लेख छ।