शीर्ष नेताको भेटवार्ता कसैलाई जोगाउन होइन : प्रधानमन्त्री प्रचण्ड

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा आज बुधवार नेताहरूबीच झन्डै दुई घण्टा छलफल भएको हो । सुरुमा प्रचण्ड, देउवा र ओलीबीच मात्रै छलफल भएकोमा पछि उपप्रधान एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठ र उपप्रधान एवम् रक्षामन्त्री पूर्णबहादुर खड्का पनि सहभागी भएका थिए । दलका प्रभावशाली नेताहरू नै नक्कली शरणार्थी काण्डमा पक्राउ पर्न थालेपछि उनीहरूलाई जोगाउन शीर्ष नेताहरूबीच भेटवार्ता हुने गरेको आरोप लागेको छ ।

तर प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले भने शीर्ष नेताबीच पछिल्ला भेटघाटबारे भ्रम फैलिएको भन्दै असन्तुष्टि जनाएका छन । उनले आफूहरूको भेटवार्ता संसद् सञ्चालनमा केन्द्रित रहेको दाबी गरे।

सञ्चारमाध्यममा आएजस्तो कसैलाई जोगाउन भेटवार्ता नभएको बरु सदनलाई कसरी प्रभावकारी बनाउने, समितिहरू गठन गर्ने लगायतका विषयमा छलफल भएको उनको भनाइ छ । नक्कली शरणार्थी प्रकरणमा प्रहरीलाई स्वतन्त्र भएर काम गर्न दिइएको प्रधानमन्त्री प्रचण्डले बताए ।

यो समाचार पढेर कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

आफ्नो ईमेल हालेर न्युज खरीको सदस्यता लिनुहोला।

ताजा अपडेट

ट्रेन्डिङ

©2022 News Khari सर्वाधिकार सुरक्षित Site By : Shikhar Host

छुटाउनै नहुने

खोज्नुहोस

सम्पादक:

बिमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित

कम्पनी दर्ता नं : २९४४७३/०७९/०८०

सम्पादक:

विमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com newskhari@gmail.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित